मोरङ : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका उनलाई १० माघमा ब्रेन ह्यामरेज भएर थलिएका थिए । अध्यक्ष बिरामी भएपछि चार महिनायता उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन् ।
गच्छदारको सोमबार (आज)दिउँसो निधन भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले पुष्टि गरे ।
स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए । माझीका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ ।














Discussion about this post