इटहरी : कोशी प्रदेशसभाको बैठक नेपाली कांग्रेस र राप्रपाले बहिष्कार गरेका छन् । बुधबार ११ बजेको बैठक सुरु हुनासाथ कांग्रेस र राप्रपाले विरोध जनाएको हो ।
विनियोजन विधेयकमाथिको छलफलका लागि सुरु भएको कोशी प्रदेशसभाको बुधबारको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले सांसदहरूलाई अपमानित गरेर बजेट आएको भन्दै संसद् बैठक बहिष्कार गर्न बाध्य भएको बताए ।
उनले भने, ‘डेढ वर्ष बित्यो । सातौँ पटक सरकार बन्यो । यो अवस्था सिर्जना हुनुमा हामी कति जिम्मेवार बन्यौँ भन्ने तिर खोज्ने भन्दा पनि केही व्यक्तिहरूका लागि वडाका सदस्यले जस्तो आफ्नो क्षेत्रमा सीमित योजना राखिएका छन् । बजेटको समानता यही हो ?’
राप्रपाकी सांसद सविना बजगाईंले बजेटको सिलिङ सांसदहरूका लागि दिइएपनि पैतृक सम्पत्ति बाँडफाँड गरेजस्तो गरेको बताइन् । बजगाईंले भनिन्, ‘जनताको हितमा बजेट नआएको र अमुक व्यक्तिको क्षेत्रमा मात्रै बजेट पारिएको हुँदा राप्रपाले यो आर्थिक विधेयक माथि गम्भीर ध्यानाकर्षण गराउँदै सदन बहिष्कार गरेको घोषणा गर्दछु ।’












Discussion about this post