मोरङ : मोरङमा एक जना वृद्ध घरभित्रै मृत फेला परेका छन् । जिल्लाको सुनवर्षी नगरपालिका २ का ७५ वर्षीय पुनलाल राजवंशी आफ्नै घरभित्र मृत भेटिएका हुन्।
घरको कोठाभित्र पानी भरेको बालटिनमा टाउको डुबेर मृत्यु भएको अवस्थामा सोमबार साँझ ७ः२५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार बालटिनमा घोप्टो परेको निर्वस्त्र अवस्थामा राजवंशीलाई मृत फेला पारिएको हो।
प्रहरीका अनुसार घरमा वृद्ध राजवंशी एक्लै बस्दै आएका थिए। पत्नीको केही समयअघि मृत्यु भइसकेको र उनका सन्तान नरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post