इटहरी : इटहरीमा महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीको आयोजनामा तीन दिने महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु भएको हो ।
कोशी प्रदेशसभाकी सदस्य मीना श्रेष्ठले तालिमको उद्घाटन गरिन् ।
सुनसरी र मोरङ्गका महिला उद्यमीहरूलाई उत्पादन, बजारीकरण र उद्योगहरूको स्थायित्वका सम्बन्धमा प्रशिक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रमकी संयोजक मीना ढकालले बताइन् ।
बुधबार उद्योग वाणिज्य सङ्घको सभा हलमा अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा तालिम सुरु भएको हो । तीन दिनसम्म चल्ने तालिममा ६६ जना उद्यमीहरूको सहभागिता रहेको छ ।
Discussion about this post