इटहरी : सुनसरी र मोरङबाट प्रहरीले लागूऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको धनपालथान गाउँपालिका ७ स्थित खेतमा रहेको गोठमा गाँजा लुकाईछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नवराज कार्कीसमेतको प्रहरी टोलीले गोठमा खानतलासी गर्दा ४९ बोरामा एक हजार ५ सय ४८ किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै गोठ धनी राजकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको देवानगञ्ज गाउँपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय देवानगञ्ज र हरिनगराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा देवानगञ्ज २ का २४ वर्षीय रणधीर यादव र भारत बिहार सुपौलका २९ वर्षीय सुनीलकुमार यादवलाई २१ किलो २०० ग्राम गाँजा र एक थान मोटरसाइकलसहित पक्राउ गरेको छ ।
गाँजासहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post