इटहरी : इटहरीमा खेतमा काम गर्दागर्दै लडेर एक युवकको मृत्यु भएको छ ।
इटहरी ५ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय नजिकै खेतमा काम गर्दागर्दै २५ वर्षीय द्रोणबहादुर राई लडेका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार शुक्राबर दिउँसो १ बजे घोप्टो परेर हिलोमा लडेको अवस्थामा मानिस खेतमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
“लडेको र उठ्न नसकी सोही स्थानमा मृत्यु भएको देखिन्छ । के भएर लडेको हो पोस्टमार्टमपछि खुल्छ,” इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर शम्भु बस्नेतले भने ।
मृतक राईको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको बस्नेतले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



















Discussion about this post