इटहरी : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा नन ग्रेडेड (फेल) भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।
सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
‘परिणामको कारण देखाई लाखौं बालबालिकालाई उनीहरूको जीवनको सिढी चढ्न रोक्नु अनुचित हुन्छ भन्ने निष्कर्षका साथ नेपाल सरकारले अनुत्तीर्ण भनिएका सबै विद्यार्थीलाई सबै विषयमा मौका परिक्षामा सामेल गराउने निर्णय गरेको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसभन्दा अघि दुईवटा विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था रहेको थियो ।
Discussion about this post