Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एमाले इटहरीको अध्यक्षमा रुपेश बस्नेत निर्वाचित, कसको कति मत ? को, कुन नेताका उम्मेदवार ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १६, २०८१
in समाचार
0
एमाले इटहरीको अध्यक्षमा रुपेश बस्नेत निर्वाचित, कसको कति मत ? को, कुन नेताका उम्मेदवार ?
214
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेकपा एमाले इटहरीको अध्यक्षमा रुपेश बस्नेत निर्वाचित भएका छन् ।

शनिबार इटहरीमा सम्पन्न नवौँ अधिवेशनमा बस्नेतले १९७ मत प्राप्त गर्दै विजयी भए । त्यसैगरी निकटतम् प्रतिस्पर्धी सुजन लामाले ७९ मत प्राप्त गरे भने उमेश पौडेलले ६२ मत प्राप्त गरे ।

नवनिर्वाचित बस्नेतलाई एमाले इटहरीका निवर्तमान अध्यक्ष यामकुमार सुब्बा र खानेपानी इटहरीका निवर्तमान अध्यक्षसमेत रहेका रामप्रसाद चौलागाईँले सहयोग गरेका थिए ।

पौडेललाई भने एमाले सुनसरीका निवर्तमान अध्यक्ष तथा प्रदेश सांसद रेवतीरमण भण्डारी र एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले सहयोग गरेका थिए ।

त्यसैगरी विद्यार्थी नेताहरूसहित युवाहरूले भने सुजन लामालाई अध्यक्षमा उम्मेदवारी उठाएका थिए । ओली निकट मानिएका उनले दोस्रो मत प्राप्त गरे ।

खासगरी कोशी प्रदेशमा विराटनगरपछि इटहरीलाई प्रत्येक राजनीतिक दलको निर्वाचनमा महत्वकासाथ हेरिदैँ आएको छ । एक महिनाअघि एमाले सुनसरीको निर्वाचनमा पनि दुई समूहबीच निर्वाचन भएको थियो ।

इटहरीको नगर अधिवेशन भने रोचक भयो । खासगरी इटहरी खानेपानीका निवर्तमान अध्यक्ष रामप्रसाद चौलागाईँले एमाले नगर अध्यक्षसमेत रहेका याम सुब्बालाई खानेपानीको अध्यक्षमै निर्वाचित गराउन सहयोग गरेका थिए ।

इटहरी उपमहानगरको मेयरमा पराजित सुब्बालाई खानेपानीमा ‘सेटल’ गराएर चौलागाईँ आगामी स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्ने तयारीमा रहेको स्रोत बताउँछ ।

‘याम सुब्बालाई खानेपानीमा सेटल गराउनु र उहाँहरूले चाहेकै उम्मेदवार (रुपेश बस्नेत)ले निर्वाचन जित्नुले पनि आगामी स्थानीय तहको निर्वाचनमा रामप्रसाद चौलागाईँ एमालेबाट मेयरको उम्मेदवार बन्ने सक्ने तयारी छ,’ एमाले स्रोत भन्छ, ‘एमालेको जिल्लादेखि सबै स्थानीय तहमा पछिल्लो समय निर्वाचन हुनुले पनि आन्तरिक रूपमा एमालेभित्र दुई गुट रहेको प्रष्ट छ ।’

खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली समूह र इतर समूहबीच प्रतिष्पर्धा हुँदै आएपनि इटहरीमा भएको निर्वाचनमा भने सबैजना ओली निकटकै हुन् । तर, स्थानीय तहमा भने ओली गुटबीच पनि व्यक्तिपिच्छेका गुट हुँदा भने पार्टीको वडा कमिटिसम्म गुटको प्रभाव पर्ने गरेको छ ।

कुन पदमा को निर्वाचित ?

अध्यक्षमा बस्नेत निर्वाचित हुँदा उपाध्यक्षमा जीतेन्द्र थापा निर्वाचित भएका छन् । उनले २०१ मत प्राप्त गर्दा मन्दिरा राईले १३१ मत प्राप्त गरिन् । यसैगरी सचिवमा मदनबहादुर कार्कीले १७३ मत प्राप्त गर्दै निर्वाचित हुँदा राजेन्द्रकेशरी घिमिरेले १२१ र गोपाल गिरीले ४० मत प्राप्त गरे ।

यता, उपसचिवमा रञ्जु सिग्देलले २४५ मत र तेजनारायण चौधरीले १५० मत प्राप्त गर्दै विजयी भए भने मनोजकुमार राय, सुनील कार्कीले समान ९१ मत प्राप्त गर्दा विमलादेवी लम्सालले ८१ मत प्राप्त गरिन् ।

यस्तै, लेखा कमिटि सदस्य महिलातर्फ मेनुका घिमिरे भट्टराई र रेणुका राई, लेखा कमिटि सदस्य खुल्लातर्फ निशान खनाल र प्रशान्त पोखरेल निर्वाचित भएका छन् ।

यसैगरी, हल खुल्ला महिला सदस्यतर्फ चन्दा पुरी, दमयन्ता कार्की, धनुकला नाल्बो लिम्बू र धनमाया श्रेष्ठ, हल खुल्ला सदस्यतर्फ उमानाथ दाहाल, उमेश सुवेदी, केदार घिमिरे, देवराज मादेन र हर्कबहादुर मगर निर्वाचत भएका छन् ।

यस्तै, दलित महिला सदस्यतर्फ राधिका विश्वकर्मा, आदिवासी जनजाती सदस्यतर्फ शिलाकुमारी गुरुङ, जनजाती पुरुष सदस्यतर्फ पूर्णबहादुर तामाङ र सरोजकुमार गुरुङ, थारु महिला सदस्यतर्फ गायत्रीकुमारी चौधरी, थारु खुल्ला सदस्यतर्फ कमलकुमार चौधरी र सत्यनारायण चौधरी निर्वाचित भएका छन् ।

उता, भूगोल खुल्ला सदस्य (७ नं.) तर्फ देवनारायण चौधरी, भूगोल महिला सदस्य (७ नं.) तर्फ मेनुका बञ्जरा, भूगोल खुल्ला (१२ नं.) तर्फ कमल कार्की, भूगोल खुल्ला (२० नं.) रवीन्द्र भट्टराई निर्वाचत भएका छन् ।

Tags: नेकपा एमालेराजनीतिरुपेश बस्नेत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम
FEATURE BREAKING

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम...

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    294 shares
    Share 118 Tweet 74

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.