इटहरी : लायन्स क्लब अफ तरहरा इटहरीको अध्यक्षमा शारदा खड्का चयन भएकी छन् ।
वर्ष २०२४।२५ का लागि खड्काको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो । उनले आइतबार पदभार सम्हालेकी छन् ।
बोर्डको प्रथम उपाध्यक्षमा पवन अधिकारी, द्धितीय उपाध्यक्षमा वसन्त घिमिरे, सचिवमा दीपक भारती र कोषध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् ।
वर्ष ०२३।२४ को अध्यक्ष शिव रुम्दाली राईको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसैगरी वर्ष ०२३।२४ को कार्यकालमा उत्कृष्ट कार्य गरी आफ्नो जिम्मेवारी कुशलतासाथ निर्वाह गरेको भन्दै सचिव दीपक भारतीलाई लायन्स वर्ष व्यक्तिको रूपमा सम्मानसमेत गरिएको थियो ।















Discussion about this post