धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका ३ स्थित रघुवा खोलाको निर्माणाधीन पुलमा काम कार्ने क्रममा रडले टाउकोमा लागेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर तुम्बेवा गाउँपालिका २ का ४० वर्षीय मदन मगर रहेका छन् ।
पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर टाउकोमा लाग्दा घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।













Discussion about this post