Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

गुणस्तरीय शिक्षा प्रदान गर्दै इटहरीको कस्तुरी कलेज

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २०, २०८१
in समाचार
0
गुणस्तरीय शिक्षा प्रदान गर्दै इटहरीको कस्तुरी कलेज
151
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको कस्तुरी कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गरेको छ ।

इटहरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभावलाई परिपूर्ति गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय संलग्न भई अनुभव प्राप्त व्यक्तिहरूको संलग्नतामा उक्त कलेज वि.सं. २०५५ सालमा निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।

कलेजका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेका अनुसार पूर्वाञ्चलमै स्तरीय तथा अत्याधुनिक ल्याव भएको कलेजमा साइन्स, म्यानेजमेन्ट र कम्युटर साइन्स विषय अध्यापन हुँदै आएको छ । स्थापनाकालदेखि नै विद्यार्थीहरूको अनुशासन र कडा परिश्रमले अभिभावकहरूको मन जित्दै आएको उनले बताए ।

एसईईको नतिजा प्रकाशित भएसँगै कस्तुरी कलेजमा कक्षा ११ लागि भर्ना हुने विद्यार्थीको संख्यासमेत वृद्धि भइरहेको न्यौपाने बताउँछन् ।

प्रवेश परीक्षाको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न विधामा पूर्ण छात्रवृत्तिसहित अध्यापन भइरहेको उनले जनाए । असार २२ गते शनिबार प्रवेश परीक्षा रहेको र एक सयभन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्ति दिइने उनको भनाइ छ ।

‘दक्ष तथा अनुभवी शिक्षकहरूद्धारा आधुनिक पद्धतिको प्रयोग गरी पठनपाठन गराइन्छ,’ उनले भने, ‘सुविधा सम्पन्न पुस्तकलायसँगै अत्याधुनिक र सुविधा सम्पन्न साइन्स ल्याव, कम्प्युटर ल्याव लगायतको व्यवस्था हुँदासमेत विद्यार्थीको आकर्षण बढिरहेको छ ।’

उनका अनुसार बिहानी र दिवा सत्र गरी दुई सिफ्टमा अध्यापन हुँदै आएको छ । दिवा सत्रमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको साथै पहाडी जिल्लाबाट अध्यापनका लागि आउने विद्यार्थीहरूका लागि विशेष ग्राह्यता राखिने कलेजको दाबी छ ।

न्यौपानेका अनुसार गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।

कलेज प्रशासनका अनुसार कलेज बस बिहान र दिउँसो दुवै सिफ्टमा
इनरुवा, लौकही, चक्रघट्टी, प्रकाशपुर पुग्नेछ ।

यसैगरी पूर्वतर्फ बेलबारी, लक्ष्मीमार्ग, भाउन्ने र डाँगीहाटसम्म बसको सुविधा रहेको छ । यता, तरहरा आसपासका भित्री गाउँसम्म र दक्षिणतर्फ खनार, दुहबीसम्म बसको सुविधा रहेको कलेजले जनाएको छ ।

कलेजमा हाल मास्टर डिग्री समेत सञ्चालन हुँदै आएको छ । २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति लिई सेमेष्टर प्रणालीमा आधारित बिबिए अध्यापनको सुरुआत गरिएको उनले बताए ।

उनका अनुसार बिबिए अध्ययनरत विद्यार्थीहरूले २ पटक नेपाल टप गरी गोल्ड मेडल समेत प्राप्त गरिसकेका छन् ।

उच्च माध्यमिक शिक्षा परीषदको निर्देशन अनुसार प्लस २ सञ्चालित उच्च माविहरूले स्कुल समेत सञ्चालन गर्नुपर्ने निर्देशन बमोजिम वि.सं. २०६३ सालमा कस्तुरी एकेडेमी स्थापना भएको उनको भनाइ छ ।

न्यौपानेका अनुसार स्थापनकालमा २६ जना विद्यार्थीबाट सुरु भएको र हाल कलेजको गुणस्तरीय शिक्षाका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । उनले भने, ‘खासगरी व्यवस्थापन विषयका लागि कस्तुरी कलेज आम मानिसको रोजाइमा पर्छ ।’

-ADVT

Tags: #इटहरीकर्पोरेटकस्तुरी कलेजभूपेन्द्र न्यौपानेशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति
FEATURE BREAKING

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयप्रति असहमति जनाएका छन्। उनले विद्यार्थी संगठनहरू लोकतान्त्रिक आन्दोलन र परिवर्तनहरूमा...

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’
समाचार

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : इटहरी–धरान सडकखण्ड अन्तर्गत इटहरी–२० स्थित तरहरा (होम्स) क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि स्थानीयवासीले ‘एकाहा पुराण’ आयोजना गरेका...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३

‘हेल्लो सरकार’मा उजुरी परेपछि झापाबाट म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

बैशाख १५, २०८३
एसिएन हाइवे : पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त

इटहरीको ‘डाइभर्सन’मा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु 

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1470 shares
    Share 588 Tweet 368
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    645 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.