झापा : झापाको बिर्तामोडमा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० इलामेली टोलका ३५ वर्षीय सुनील मुर्मु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार दिउँसो पौने ३ बजे सुनील घर नजिकैको पैनीमा डुबेको अवस्थामा मृत भेटिएको हुन् ।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनिको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया गरी थप अनुसन्धान अगाडि बढाएको छ।














Discussion about this post