इटहरी : इटहरीमा अवस्थित आकाश इन्स्टिच्युटले एसईई अध्ययन पूरा गरी उच्च शिक्षा हासिल गर्न लागेका चार सय भन्दा बढी विद्यार्थीहरूलाई बिदाइ तथा सम्मान कार्यक्रम गरेको छ ।
आकाश इन्स्टिच्युटद्वारा सोमबार गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष कमल तिम्सिनाको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय सुनसरी इकाई प्रमुख, खगेन्द्रप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।
इन्स्टिच्युटका कार्यकारी प्रमुख गोपाल निरौलाका अनुसार ४२ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगदसहित प्रमाण पत्र दिएर सम्मान गरेको छ । इन्स्टिच्युटले नेपाल तथा विदेशमा रहेर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्शसमेत दिँदै निरौलाले बताए ।
संस्थाले विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सहयोग गर्दै आएको युवा शिक्षा तथा खेलकुद महाशाखा इटहरीका अधिकृत फाल्गुणि काफ्लेले बताए ।
रोजगारी नपाएकाहरूका लागि प्राविधिक शिक्षा महत्त्वपूर्ण रहेको प्राविधिक शिक्षा तथा तालिम परिषद् कोशी प्रदेशका निर्देशक सञ्जयकुमार न्यौपानेले बताए । प्राविधिक शिक्षा लिएका विद्यार्थीहरूले ८० प्रतिशत रोजगारी पाएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलका अध्यक्ष रवीन्द्र निरौला, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सरोज पौडेल, राष्ट्रिय अनुसन्धान विभाग सुनसरी जिल्ला प्रहरी प्रमुख उपरीक्षक तुलसी कट्टेललगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post