Tuesday, June 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

रानी नाका निर्माण गरिएको हेल्थ डेस्क भवनको उद्घाटन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २५, २०८१
in विविध, समाचार
0
रानी नाका निर्माण गरिएको हेल्थ डेस्क भवनको उद्घाटन
77
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ ।

मंगलबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नवनिर्मित भवनको उद्घाटन गरे । सो भवन महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानी निर्माण गरिएको हो ।

जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूसँगै संक्रामक रोग पनि भित्रिने जोखिम भएका कारण नवनिर्मित भवनबाट नियमित चेकजाँच गरिनेछ । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार हरेक प्रमुख नाकामा हेल्थ डेस्कको व्यवस्था गर्नुपर्ने हुन्छ ।

जसअन्तर्गत नेपाल सरकारको नीतिअनुसार महानगरले रानी नाकामा यसअघिदेखि नै महामारी नियन्त्रणका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । विगतमा भवन नहुँदा टेन्टमार्फत सेवा सञ्चालन हुँदै आएको थियो ।

नेपाल सरकारले राज्यका प्रमुख नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुहरूको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवामार्फत संक्रामक रोगको नियन्त्रण र निवारणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

हाल पनि स्वास्थ्य सहायता कक्षमार्फत एचआईभी, एड्स, क्षयरोग, मलेरिया (औलो), कोभिडलगायतका संक्रामक रोगलाई प्राथमिकतामा राखेर चेकजाँच जारी राखिएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिए ।

उनका अनुसार नियमित र एकीकृत रुपमा कोभिड–१९, एचआईभी, क्षयरोग तथा औलोको परीक्षण र प्रारम्भिक उपचार हुनेछ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, विराटनगर वडा नम्बर १६ का अध्यक्ष उद्धव भुजेल, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायतको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा मेयर कोइरालाले नाकामा सुविधासम्पन्न भवन नहुँदा विगतमा स्वास्थ्य चेकजाँचमा समस्या देखिँदै आएको बताए ।

उनले अब भवन निर्माण भएसँगै नेपाल प्रवेश गर्ने व्यक्तिहरूको नियमित चेकजाँच गरिने जानकारी दिए ।

मेयर कोइरालाले जनशक्तिसहित स्वास्थ्य उपकरण व्यवस्था गरिने बताए । भविष्यमा आउन सक्ने महामारी नियन्त्रणमा नवनिर्मित हेल्थ डेस्कमार्फत समयमै संक्रमित व्यक्तिहरूको पहिचान गरी क्वारेन्टाइन तथा अस्पतालहरूमा उपचार गराउन सकिने स्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए ।

गत वैशाख १८ गते निर्माण सुरु भएको भवन असार २० गते सम्पन्न भएको थियो ।

महानगरपालिकाको २० लाख रुपैयाँ र सेभ द चिल्ड्रेनको १५ लाख ७६ हजार लागतमा निर्माण गरिएको भवनको चाबी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिमा सेभ द चिल्ड्रेन ग्लोबल फण्ड कार्यक्रमका प्रमुख दीपक पौडेलले मेयर कोइरालालाई हस्तान्तरण गरे ।

सेभ द चिल्ड्रेन ग्लोबल फण्डले महोत्तरीको जलेश्वर नगरपालिका मलिवारा भिट्टामोडमा समेत हेल्थ डेस्कका लागि भवन निर्माण गरेको पौडेलले जानकारी दिए ।

Tags: #विराटनगरउद्घाटनविराटनगर महानगरपालिकाहेल्थ डेस्क
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण
समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। साथै उनले उद्यमी–व्यवसायीहरूलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
समाचार

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : मोरङको उर्लाबारीस्थित प्रहरी हिरासतबाट फरार भएकी एक युवतीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ विशालटोल...

मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

जेष्ठ १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

जेष्ठ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

जेष्ठ १८, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

जेष्ठ १८, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1499 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.