Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

रानी नाका निर्माण गरिएको हेल्थ डेस्क भवनको उद्घाटन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २५, २०८१
in विविध, समाचार
0
रानी नाका निर्माण गरिएको हेल्थ डेस्क भवनको उद्घाटन
78
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ ।

मंगलबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नवनिर्मित भवनको उद्घाटन गरे । सो भवन महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानी निर्माण गरिएको हो ।

जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूसँगै संक्रामक रोग पनि भित्रिने जोखिम भएका कारण नवनिर्मित भवनबाट नियमित चेकजाँच गरिनेछ । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार हरेक प्रमुख नाकामा हेल्थ डेस्कको व्यवस्था गर्नुपर्ने हुन्छ ।

जसअन्तर्गत नेपाल सरकारको नीतिअनुसार महानगरले रानी नाकामा यसअघिदेखि नै महामारी नियन्त्रणका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । विगतमा भवन नहुँदा टेन्टमार्फत सेवा सञ्चालन हुँदै आएको थियो ।

नेपाल सरकारले राज्यका प्रमुख नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुहरूको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवामार्फत संक्रामक रोगको नियन्त्रण र निवारणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

हाल पनि स्वास्थ्य सहायता कक्षमार्फत एचआईभी, एड्स, क्षयरोग, मलेरिया (औलो), कोभिडलगायतका संक्रामक रोगलाई प्राथमिकतामा राखेर चेकजाँच जारी राखिएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिए ।

उनका अनुसार नियमित र एकीकृत रुपमा कोभिड–१९, एचआईभी, क्षयरोग तथा औलोको परीक्षण र प्रारम्भिक उपचार हुनेछ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, विराटनगर वडा नम्बर १६ का अध्यक्ष उद्धव भुजेल, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायतको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा मेयर कोइरालाले नाकामा सुविधासम्पन्न भवन नहुँदा विगतमा स्वास्थ्य चेकजाँचमा समस्या देखिँदै आएको बताए ।

उनले अब भवन निर्माण भएसँगै नेपाल प्रवेश गर्ने व्यक्तिहरूको नियमित चेकजाँच गरिने जानकारी दिए ।

मेयर कोइरालाले जनशक्तिसहित स्वास्थ्य उपकरण व्यवस्था गरिने बताए । भविष्यमा आउन सक्ने महामारी नियन्त्रणमा नवनिर्मित हेल्थ डेस्कमार्फत समयमै संक्रमित व्यक्तिहरूको पहिचान गरी क्वारेन्टाइन तथा अस्पतालहरूमा उपचार गराउन सकिने स्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए ।

गत वैशाख १८ गते निर्माण सुरु भएको भवन असार २० गते सम्पन्न भएको थियो ।

महानगरपालिकाको २० लाख रुपैयाँ र सेभ द चिल्ड्रेनको १५ लाख ७६ हजार लागतमा निर्माण गरिएको भवनको चाबी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिमा सेभ द चिल्ड्रेन ग्लोबल फण्ड कार्यक्रमका प्रमुख दीपक पौडेलले मेयर कोइरालालाई हस्तान्तरण गरे ।

सेभ द चिल्ड्रेन ग्लोबल फण्डले महोत्तरीको जलेश्वर नगरपालिका मलिवारा भिट्टामोडमा समेत हेल्थ डेस्कका लागि भवन निर्माण गरेको पौडेलले जानकारी दिए ।

Tags: #विराटनगरउद्घाटनविराटनगर महानगरपालिकाहेल्थ डेस्क
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    637 shares
    Share 255 Tweet 159
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    360 shares
    Share 144 Tweet 90
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.