मोरङ : मोरङमा तीव्र गतिको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा बिहीबार साँझ तीव्र गतिको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इलामको चुलाचुली गाउँपालिका ५ का ३३ वर्षीय सुभाष राई रहेका छन् ।
प्रहरीका अनुसार पथरीशनिश्चरे नगरपालिका १० स्थित डाँस खोलामा प्रदेश १–०२–००१ क ५०६३ नम्बरको टिपरले प्रदेश–१–०२–०४० प ७८७५ नम्बरको स्कुटरलाई साँझ ६ः१० बजेतिर ठक्कर दिएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि टिपर चालक रंगेली नगरपालिका २ का ३५ वर्षीय अमृतलाल उराउलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुुसार टिपर तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post