दुहबी : सुनसरीको दुहबी नगरपालिका १२ गेलाबारीबाट मोटरसाइकलसहित २५ किलो २४५ ग्राम गाँजा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय चिमडी र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले प्र १–०२–०५३ प ८९६१ नम्बरको बेबारिसे मोटरसाइकल पछाडि बोरामा लोड गरिएको २५ किलो २४५ ग्राम गाँजा फेला पारेको थियो ।
मोटरसाइकल चालक तत्काल फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post