Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानमा मंगलबारदेखि बजेट शून्यतामा, खर्च गर्न समस्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १, २०८१
in समाचार
0

धरान बजार ।

130
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाको नगरसभा बैठक नबस्दा मंगलबारदेखि बजेट शून्यतामा गएको छ । नगरसभाले आर्थिक वर्ष २०८१।८२ को बजेट पास नगरेपछि मंगलबारबाट धरान उपमहानगरको बजेट शून्यतामा गएको हो ।

धरानका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईका अनुसार नगरसभाबाट बजेट पास नहुँदा खर्च गर्न समस्या भएको जानकारी दिए ।

आपतकालीनबाहेक अन्य खर्च गर्न समस्या भएको उनको भनाइ छ । पालिकाले दिने सेवा गत वर्षकै शुल्क र दस्तुरका आधारमा सञ्चालन भइरहेको राईले बताए ।

‘यसका लागि हामी कार्यविधि बनाउने तयारी गरिरहेका छौँ । कार्यविधि बनाएर गत सालकै शुल्क र दस्तुर लिएर सेवा दिइरहेका छौ,’ उनले भने । खासगरी धरानमा मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्यबीचको विवादका कारण धरानले बजेट ल्याउन नसकेको हो ।

असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट पास गर्नुपर्ने व्यवस्था भएपनि मेयर साम्पाङ र नगरसभा सदस्यबीचको टकरावले धरानमा बजेट पास नगर्दा शून्यता आएको हो ।

कोशी प्रदेश सरकारले २०८० साल पुस २२ गते स्थानीय सरकारी सेवाको गठन सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पास गरेको थियो । सो ऐनको दफा नम्बर १३ मा पद पूर्तिमा बन्देज गर्ने व्यवस्था गरेको छ ।

पछिल्लोपटक सोही ऐन देखाउँदै मेयर साम्पाङ्गले करारमा रहेका प्रशासनिक र प्राविधिक कर्मचारीको करार सम्झौता थप नगर्ने अडान लिएका थिए । तर, दलका जनप्रतिनिधिहरूले भने करार कर्मचारी सबैको एकमुष्ट करार सम्झौता थप गर्नुपर्ने अडान लिएसँगै विवाद शुरु भएको थियो ।

मेयरको संयोजकत्वमा रहेको बजेट सीमा निर्धारण समितिले बजेटको सीमा नदिएका कारण बजेट बन्न सकेको थिएन । पछिल्लो समय बजेटका विषयमा भने सहमति भएको थियो ।

धरानमा एक अर्ब ७९ करोड रुपैयाँको बजेट कार्यपालिका बैठकबाट पास गरेको थियो । बजेटको ब्रेक डाउनसमेत सम्पन्न भएर कार्यपालिकाबाट बजेट पास गरिएको धरान उपमहानगरले जनाएको छ ।

धरानमा यसअघि कार्यपालिका बैठकदेखि अरु कामहरूमासमेत मेयर र कार्यपालिका तथा नगरसभा सदस्यहरूबीचको टकरावले विकासका योजना प्रभावित हुँदै आएको छ ।

Tags: #धरान#धरान उपमहानगरपालिकाबजेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.