Friday, June 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोशी प्रदेशमा प्राकृतिक विपद्बाट ७७ जनाको निधन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २, २०८१
in टाकुरा विशेष, समाचार
0
कोशी प्रदेशमा प्राकृतिक विपद्बाट ७७ जनाको निधन

तस्बिर : एआई ।

133
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा प्राकृतिक विपद्बाट एक वर्षमा ७७ जनाको निधन भएको छ । आर्थिक वर्ष २०८०।८१ मा कोशी प्रदेशमा प्राकृतिक विपत्बाट ७७ जनाको निधन भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार बाढीबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहेको छ ।

तथ्यांकअनुसार ११७ स्थानमा आएको बाढीका कारण २२ जनाको निधन भएको छ भने २४ जना घाइते भएका छन् । यसैगरी विभिन्न जिल्लामा भएको आगलागीबाट २० जनाको निधन हुँदा एक सय ३४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार एक हजार ७३१ स्थानमा आगलागी हुँदा सो संख्यामा क्षति भएको हो । यस्तै, २५३ वटा जंगली जनावरको आक्रमणबाट १३ जनाको निधन भएको छ भने ५७ जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार ८७ स्थानमा गएको चट्याङबाट १३ जनाको निधन भएको छ । जसमा ३६ जना घाइते भएका छन् । यसैगरी ४९६ स्थानमा गएको पहिरोका कारण ९ जनाको निधन हुँदा २० जना घाइते भएका छन् ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालका अनुसार आर्थिक वर्ष सकिएसँगै घटना अद्यावधिक गरिएको हो । प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन सम्बन्धि तथ्यांक अद्यावधिक गर्दा सो संख्यामा घटना भएको पाइएको दाहालले बताए ।

दाहालका अनुसार प्राकृतिक विपत्बाट प्रदेशभर सात हजार नौ सय आठ (७,९०८) वटा चौपाया मरेका छन् । जसमा सबैभन्दा बढी आगलागीमा सात हजार तीन सय ६५ वटा रहेका छन् ।

यसैगरी प्राकृतिक विपत्का कारण दुई हजार दुई सय ७४ घरपरिवार प्रभावित भएका छन् । एसएसपी दाहालका अनुसार प्राकृतिक प्रकोपमा उद्धारका लागि कोशी प्रदेशका १४ वटै जिल्लामा १७ हजार ६ सय ८१ जना प्रहरी परिचालन गरिएको थियो । जसमध्ये सबैभन्दा बढी आगलागीमा ११ हजार दुई सय ६७ जना प्रहरी परिचालन गरिएको उनले बताए ।

सुख्खायाममा आगलागी हुँदा पहाडी जिल्लामा क्षति भएको र बर्खायाममा बाढीका कारण तराईका जिल्लामा क्षति हुने गरेको उनको भनाइ छ । यसैगरी पहिरोका कारण पहाडी जिल्लामा मानवीय तथा भौतिक क्षति हुने गरेका कारण सचेत रहनसमेत उनले आग्रह गरे ।

‘मनसुन शुरु हुनुभन्दा अगाडि नै हामीले सबै जिल्लामा सचेतना फैलाएका छौँ । घटना भएमा तत्कालै प्रहरीलाई खबर गर्न र जोखिम भएको स्थानबारे पनि जानकारी गराउन सचेत गराएका छौँ,’ दाहालले टाकुरा न्यूजसँग भने, ‘घटना हुनसक्ने अवस्था देखिएमा तत्कालै प्रहरीलाई खबर गरेमा मानवीय क्षतिको घटनामा कमी आउँछ ।’

उनले प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा उद्धार कार्य गरिएको जनाए । जोखिम भएका क्षेत्रमा बसोबास गर्न नहुने र जोखिम हुने क्षेत्रमा कुनै पनि बहानामा नजानका लागि पनि आग्रह गरे ।

‘अनावश्यक यात्रा गर्दा पनि प्राकृतिक विपत्बाट मानवीय क्षति हुँदै आएको छ,’ उनले भने, ‘सकभर मनसुनको समयमा यात्रा नगर्ने, गर्नुपरेपनि गन्तव्यको अवस्था बुझेर मात्रै यात्रा गर्दा मानवीय क्षतिमा कमी आउँछ ।’

उनका अनुसार मनसुनको अवस्थामा मनसुनबारे जानकारी लिएर, ठाउँ, परिवेशको अवस्था बुझेर, बाटो, खोलानालाको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने हुन्छ । यात्रा गर्नुअघि प्रहरीको हटलाइन नम्बर १०० वा १०३ मा बुझ्न सकिनेसमेत दाहालले जनाए । ‘बाढीपहिरोको जोखिमबारे अगाडि नै बुझ्दा पनि अकालमै ज्यान गुमाउनुपर्दैन,’ एसएसपी दाहालले भने ।

मानवीय असावधनीका कारण बर्सेनि प्राकृतिक विपत्बाट मानिसले अकालमै ज्यान गुमाउनुपरेको र बेलैमा सचेत भएमा ज्यान जोगाउन सकिने उनले सुझाए ।

उनका अनुसार जोखिम भएका स्थानबाट मानिसहरूलाई उद्धार र स्थानान्तरण गरिएको छ । ‘बाढी आउनेजस्तो देखिएपछि तत्काल प्रहरीलाई खबर भएमा हामीले उद्धार गर्ने वा स्थानान्तरण गर्ने निक्र्यौल निकालेर मानवको ज्यान जोगाउने कार्य गरिरहेका छौँ,’ उनले भने, ‘कोशी प्रदेश प्रहरीले २४ घण्टा नै टोली खटाइरहेको छ ।’

Tags: कोसी प्रदेशटाकुरा विशेषनिधन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा २०.१७ ग्राम...

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य
समाचार

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

धनकुटा : भारतीय नम्बरको कारमा नेपाली नम्बर प्लेट जडान गरी सञ्चालन गरिएको सवारी धनकुटाको भेडेटारमा प्रहरीले फेला पारेपछि जाली नम्बर...

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

असार ४, २०८३
विराटनगर आगलागीका पीडित परिवारलाई महानगरले राहत उपलब्ध गराउने

विराटनगरमा घर निर्माणमा कडाइ, नाला जाम र सडक क्षति रोक्न सात बुँदे मापदण्ड अनिवार्य

असार ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

असार ४, २०८३
नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

असार ४, २०८३

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    905 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    393 shares
    Share 157 Tweet 98
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.