Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

वीपी कोइरालाको स्मृति दिवसमा विमर्श कार्यक्रम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८१
in समाचार
0
वीपी कोइरालाको स्मृति दिवसमा विमर्श कार्यक्रम
104
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ४२ औँ वीपी स्मृति दिवसको अवसर पारेर इटहरीमा विमर्श कार्यक्रमको आयोजना गरिएको छ । प्रसिद्ध साहित्यकार, नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी)को ४२ औँ स्मृति दिवसको अवसरमा इटहरीमा विमर्श कार्यक्रमको आयोजना गरिएको हो ।

‘वीपी कोइराला – व्यक्ति एक व्यक्तित्व अनेक’ विषयमा विमर्श कार्यक्रमको आयोजना गरिएको हो । उक्त विमर्शमा कविद्धय मनु मञ्जिल, टीका आत्रेय र नाट्यकर्मी प्रज्वल पराजुली वक्ताका रूपमा थिए । कार्यक्रमलाई पत्रकार विवेक विवश रेग्मीले सहजीकरण गरे ।

केआइसी इटहरीमा आयोजना भएको कार्यक्रममा करिब एक घण्टासम्म प्रश्नोत्तर भएको थियो ।

कार्यक्रममा कवि मनु मञ्जिलले वीपी अन्तराष्ट्रिय स्तरमै शक्तिशाली मानिसका रूपमा चिनिने गरेको बताए । ‘वीपीलाई महामानव किन भनिएको हो ?’ भन्ने जिज्ञासामा मञ्जिलले वीपी ‘एक्स्ट्रा अडिनरी’ मानव रहेको बताए ।

त्यसबेला वीपी नेपाल नआएका भए नेपाल नै भारतमा विलय हुनसक्ने सम्मको खतरा रहेको बताउँदै उनले भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र उनका पितासम्मलाई वीपीले प्रभावित पारेको जनाए ।

‘वीपीले भारतबाट नेपाल आउनुअघि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग विदा माग्नुभयो । संसदको भवनबाट बाहिर निस्किएपछि पछाडि फर्किएर हेर्दा गान्धी हात हल्लाएर उभिएर बसेकी रहिछन्,’ मञ्जिलले भने, ‘त्यसपछि वीपी कोइराला फर्किएर जानुभो, र भन्नुभो – इन्दिरा म जहिल्यै पनि नेपाल जाँदा तिम्रो बाबा मलाई सधैँ गेटसम्म पु¥याउन आउनुहुन्थ्यो ।’

उनले अहिले नेपालका कुनैपनि प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग त्यति भन्ने क्षमता नराख्ने बताए । ‘त्यसकारण पनि वीपी एक्स्ट्रा अडिनरी हो,’ उनले भने, ‘वीपीमात्रै यस्ता मान्छे थिए, जो अन्तरष्ट्रिय समाजवादको लिडरका रूपमा संसारभर चिनिएका थिए ।’

विमर्श कार्यक्रममा कवि टीका आत्रेयले वीपी नभएको भए उनले देखेको समाजलाई हामीले पढ्न नपाउने बताइन् । वीपीको लेखन सन्तुलनको रहेको र महिलाहरूको मनोविज्ञानलाई पनि कतै नभड्काइकन लेख्न सक्ने क्षमता रहेको उनले चर्चा गरिन् ।

‘त्यो बेलाको समाज, त्यो बेलाको देश बुझ्नका लागि पनि हामीले वीपीलाई पढ्नुपर्छ,’ उनले भनिन्, ‘समाजलाई मिहिन ढंगबाट वीपीले जनतासामु आफ्ना विचार पस्कन सकेका छन् ।’

लेखनीका माध्यमबाट समाजलाई अगाडि ल्याउनैपर्ने भएका कारण कथाका माध्यमबाट उनले समाजलाई लेखेको र पात्रहरूमाथि अत्यन्तै विचार गरेर अहिलेकोभन्दा पनि विद्रोही कथा लेखिएको आत्रेयले बताइन् ।

नाट्यकर्मी प्रज्वल पराजुलीले वीपीका कथामा सबलता पाइने भएका कारण वीपीका कथालाई नाट्य रूपान्तरण गरी नाटक प्रस्तुत गरिएको बताए । उनले यसअघि २०६५ सालमा वीपीकै कथा ‘दोषी चस्मा’लाई नाटकमा देखाइएको स्मरण गरे ।

एक वर्षअघि मात्रै आफूहरूले वीपीको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी नाटक प्रस्तुत गरिएको बताए ।

‘हामीसँग भएका कथालाई नाटकीकरण गरेर ल्याउनुपर्ने बाध्यता छ । हामीले नाटकका लागि सबल कथा छान्नुपर्ने हुन्छ । यसरी हेर्दा वीपीका कथा अत्यन्त सबल छन् ।’ उनले भने ।

Tags: विमर्शवीपी कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने
कला साहित्य

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

इटहरी : ‘धानसुक्यो रापले फकाउँछ काफ्ले जानु कि नजानु’ गीतका सर्जक युवराज काफ्लेसहितको टिमले नेपाली कथानक चलचित्र निर्माण गर्ने भएको...

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद
समाचार

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

by माधव पोख्रेल
अशोज २, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–६ साँघुरीबाट सशस्त्र प्रहरीले १ सय ३० किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल...

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३
मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३
कोशीमा संविधान दिवसको तयारी पूरा

कोशीमा संविधान दिवसको तयारी पूरा

अशोज २, २०८३
मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३
त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३
मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    958 shares
    Share 383 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    494 shares
    Share 198 Tweet 124
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.