इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा फोटोग्राफी सम्बन्धी तालिम आयोजना गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस कमिटिद्धारा आयोजित फोटोग्राफी तालिममा विद्यार्थीहरूले उत्साजनक सहभागिता जनाएका छन् ।
बिहीबार र शुक्रबार दुईदिनसम्म चल्ने तालिमले फोटो खिच्न र भोलिका दिनमासमेत यसमा रूचि भएकाहरूलाई उक्त तालिमले सकारात्मक प्रभाव पर्ने नेविसंघ क्याम्पस कमिटिका सभापति सुमनबाबू बस्नेतले बताए ।
उनले क्याम्पसमा पहिलोपटक उक्त किसिमको तालिम आयोजना हुँदा विद्यार्थीहरूमा सकारात्मक सन्देश दिएको बताए । उक्त तालिमले पढाइसँगै सीपसँग जोड्न सकिने उदेश्यले आयोजना गरिएको उनको भनाइ छ ।
बिहीबार उद्घाटन सत्रमा वक्ताहरूले बोल्दै उक्त तालिम रचनात्मक रहेको जनाए । कार्यक्रमका प्रमुख अतिथि, क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले उक्त तालिमका कारण विद्यार्थीहरूमा फोटोग्राफी सम्बन्धी रूचि बढ्ने र यसले रोजगारीसँग जोड्न सकिने बताए ।
हजारौँ शब्दले भन्न नसकेको कुरा एकै फोटोले बोल्ने बताउँदै उनले उक्त तालिमबाट दक्ष भएकाहरूले रोजगारी प्राप्त गर्ने अवसरसमेत सृजना गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवान राई, कांग्रेस इटहरी नगर सचिवद्वय मन्दीप भट्टराई, विक्रम घिमिरे, जनता बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजका अध्यक्ष मिलन त्रिताल, प्रजातान्त्रिक प्राध्यापक संघका सभापति सञ्जीव यादव, नेविसंघ सुनसरी सभापति प्रमोद भट्टराई, नेविसंघका नेता विज्ञान राई, विनोद आले मगर, स्ववियु सभापति सहदेव काफ्ले, अनेरास्ववियुका अध्यक्ष सन्तोष चौलागाईँलगायतले बोलेका थिए ।














Discussion about this post