टाकुरा न्युज
Thursday, May 15, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

रहेनन् वरिष्ठ लोक गायक एलपी जोशी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : साउन ११, २०८१
0
रहेनन् वरिष्ठ लोक गायक एलपी जोशी
84
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वरिष्ठ लोक गायक एलपी जोशीको निधन भएको छ । बिहीबार साँझ ८८ वर्षको उमेरमा वरिष्ठ गीतकार तथा गायक लक्ष्मीप्रसाद जोशी (एलपी)को निधन भएको हो ।

झापाको दमक नगरपालिका १ स्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गुरू पूर्णिमाको दिनदेखि उनको स्वास्थ्यमा समस्या आएको थियो । स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएपनि बिहीबार भने उनलाई घरमै ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

जोशीकोे कन्काइ माइमा शुक्रबार ११ दाहसंस्कार जनाइएको छ । उनी छोरा मिलन र परिवारका अन्य सदस्यका साथ दमकमा बस्दै आएका थिए ।

को हुन् जोशी

वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशीले आजीवन लोक संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका थिए ।

बाल्यकालदेखि नै गीतसंगीतमा चासो राख्ने जोशीले लोकगीत सम्राटको उपाधिसमेत पाइसकेका छन् । खासगरी उनको रिटिङ, रिटिङ, वल्लो खोलो, पल्लो खोलो, निगालो घारीमा च्याखुरा नाच्यो, खिपीमा खिपी बिनायो बाजा लगायतका गीतहरू बहुचर्चित छन् । २०१३ सालमा पहिलो गीत ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको रेकर्ड गराएका थिए ।

२०२० साल पहिल्यै उनका धेरैजसो गीतहरू रेकर्ड भइसकेका छन् । उनले २०५३ सालमा म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकालेका थिए ।

जोशी कुनैबेला रङ्गकर्मी, चित्रकार तथा नृत्य कोरियोग्राफरको भूमिकामा रहे । चलचित्र ‘हिजो आजभोलि’मा नेपालकी पहिलो नायिका भुवन चन्दसँगसमेत काम गरेका उनले जीवनभर ९ वटा चलचित्रमा समेत काम गरेका थिए ।

७ जना दाजुभाइका छैटौं सन्तानका रूपमा रहेका जोशीका ५ दिदीबहिनी रहेका छन् । उनले यसअघि आफ्नी श्रीमती र एक छोरालाई गुमाइसकेका छन् । खासगरी दमकस्थित आफ्नै घर अगाडि सटरमा पसल राखेर उनी दिनभरजसो त्यही पसलमा हुन्थे । आफ्ना शुभचिन्तक र प्रशंसकहरूसँग कुराकानी गरेर दिन बिताउँथे ।

मृतक जोशीका भाइ नारायण जोशीका अनुसार एलपी सानै छदाँ फुटबल खेलमा समेत रूचि राख्थे । पछि लोक संस्कृतिको क्षेत्रमा नामी भएका उनले केही महिना पहिले मात्रै डाक्टरको मानार्थ पाएका थिए ।

‘डेढ महिना पहिले भारतको इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो । गत महिना राष्ट्रपतिबाट सम्मानित हुनुभएको थियो । हामीले यति चाँडै गुमाउँछौँ भन्ने कल्पनासमेत थिएन ।’ उनले भने ।

उनका अनुसार जोशीले नियमित सुगरको औषधि खाने गरेका थिए । त्यसबाहेक अरु केही पनि समस्या थिएन ।

खासगरी जोशीको ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो भनेर…’ बोलको गीत आम मानिसले गुनगुनाउने गर्छन् । लोक गीत दोहोरी होस् वा कुनै पर्व नै । यो गीत गाएर मानिसहरू रोमाञ्चित बन्छन् ।

उनले किराँत नृत्यलाई राष्ट्रिय स्तरमा चिनाउने कामसमेत गरेका थिए । यसैगरी पहिलोपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य मुनामदनको गीतिनाटकसमेत मञ्चन गरेका थिए ।

यी र यस्ता लोकगीतका धनी जोशीको निधनले नेपाली गीत, संगीतको क्षेत्रमा अपुरणीय क्षति भएको स्रष्टाहरू बताउँछन् ।

Tags: एलपी जोशीनिधन

Related Posts

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक
समाचार

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ १, २०८२
0

विराटनगर : भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणाका लागि सर्वपक्षीय सहकार्य र...

सिरुवाको शुभकामना दिदैँ मुख्यमन्त्री कार्कीले भने – ‘मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई आकर्षित गर्छ’
FEATURE BREAKING

अचम्मको नियम : कोशीका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ १, २०८२
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा मोबाइल फोन बोक्न नपाइने भएको छ । कार्कीले आफूलाई भेट्न आउने मानिसले...

इटहरीमा करेन्ट लागेर एकको मृत्यु

मोरङ : विवाहमा गएका दुई महिलाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२
मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति : जेष्ठ १, २०८२
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटकको चहलपहल

प्रकाशित मिति : जेष्ठ १, २०८२
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

पाँचथरमा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एकको मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

प्रकाशित मिति : जेष्ठ १, २०८२
सिरुवाको शुभकामना दिदैँ मुख्यमन्त्री कार्कीले भने – ‘मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई आकर्षित गर्छ’

अचम्मको नियम : कोशीका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

प्रकाशित मिति : जेष्ठ १, २०८२
इटहरीमा करेन्ट लागेर एकको मृत्यु

मोरङ : विवाहमा गएका दुई महिलाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२
मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति : जेष्ठ १, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2424 shares
    Share 970 Tweet 606
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2409 shares
    Share 964 Tweet 602
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1796 shares
    Share 718 Tweet 449
  • इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

    1189 shares
    Share 476 Tweet 297
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1039 shares
    Share 416 Tweet 260
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana