Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

रहेनन् वरिष्ठ लोक गायक एलपी जोशी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८१
in कला साहित्य, समाचार
0
रहेनन् वरिष्ठ लोक गायक एलपी जोशी
104
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वरिष्ठ लोक गायक एलपी जोशीको निधन भएको छ । बिहीबार साँझ ८८ वर्षको उमेरमा वरिष्ठ गीतकार तथा गायक लक्ष्मीप्रसाद जोशी (एलपी)को निधन भएको हो ।

झापाको दमक नगरपालिका १ स्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गुरू पूर्णिमाको दिनदेखि उनको स्वास्थ्यमा समस्या आएको थियो । स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएपनि बिहीबार भने उनलाई घरमै ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

जोशीकोे कन्काइ माइमा शुक्रबार ११ दाहसंस्कार जनाइएको छ । उनी छोरा मिलन र परिवारका अन्य सदस्यका साथ दमकमा बस्दै आएका थिए ।

को हुन् जोशी

वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशीले आजीवन लोक संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका थिए ।

बाल्यकालदेखि नै गीतसंगीतमा चासो राख्ने जोशीले लोकगीत सम्राटको उपाधिसमेत पाइसकेका छन् । खासगरी उनको रिटिङ, रिटिङ, वल्लो खोलो, पल्लो खोलो, निगालो घारीमा च्याखुरा नाच्यो, खिपीमा खिपी बिनायो बाजा लगायतका गीतहरू बहुचर्चित छन् । २०१३ सालमा पहिलो गीत ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको रेकर्ड गराएका थिए ।

२०२० साल पहिल्यै उनका धेरैजसो गीतहरू रेकर्ड भइसकेका छन् । उनले २०५३ सालमा म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकालेका थिए ।

जोशी कुनैबेला रङ्गकर्मी, चित्रकार तथा नृत्य कोरियोग्राफरको भूमिकामा रहे । चलचित्र ‘हिजो आजभोलि’मा नेपालकी पहिलो नायिका भुवन चन्दसँगसमेत काम गरेका उनले जीवनभर ९ वटा चलचित्रमा समेत काम गरेका थिए ।

७ जना दाजुभाइका छैटौं सन्तानका रूपमा रहेका जोशीका ५ दिदीबहिनी रहेका छन् । उनले यसअघि आफ्नी श्रीमती र एक छोरालाई गुमाइसकेका छन् । खासगरी दमकस्थित आफ्नै घर अगाडि सटरमा पसल राखेर उनी दिनभरजसो त्यही पसलमा हुन्थे । आफ्ना शुभचिन्तक र प्रशंसकहरूसँग कुराकानी गरेर दिन बिताउँथे ।

मृतक जोशीका भाइ नारायण जोशीका अनुसार एलपी सानै छदाँ फुटबल खेलमा समेत रूचि राख्थे । पछि लोक संस्कृतिको क्षेत्रमा नामी भएका उनले केही महिना पहिले मात्रै डाक्टरको मानार्थ पाएका थिए ।

‘डेढ महिना पहिले भारतको इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो । गत महिना राष्ट्रपतिबाट सम्मानित हुनुभएको थियो । हामीले यति चाँडै गुमाउँछौँ भन्ने कल्पनासमेत थिएन ।’ उनले भने ।

उनका अनुसार जोशीले नियमित सुगरको औषधि खाने गरेका थिए । त्यसबाहेक अरु केही पनि समस्या थिएन ।

खासगरी जोशीको ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो भनेर…’ बोलको गीत आम मानिसले गुनगुनाउने गर्छन् । लोक गीत दोहोरी होस् वा कुनै पर्व नै । यो गीत गाएर मानिसहरू रोमाञ्चित बन्छन् ।

उनले किराँत नृत्यलाई राष्ट्रिय स्तरमा चिनाउने कामसमेत गरेका थिए । यसैगरी पहिलोपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य मुनामदनको गीतिनाटकसमेत मञ्चन गरेका थिए ।

यी र यस्ता लोकगीतका धनी जोशीको निधनले नेपाली गीत, संगीतको क्षेत्रमा अपुरणीय क्षति भएको स्रष्टाहरू बताउँछन् ।

Tags: एलपी जोशीनिधन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तीनजनामा डेंगु पुष्टि
समाचार

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

by माधव पोख्रेल
अशोज ४, २०८३
0

उदयपुर । उदयपुर जिल्लामा चालू आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनाको अवधिमा ४९ जनामा डेङ्गूको सङ्क्रमण पुष्टि...

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु
समाचार

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

by मनाेज अधिकारी
अशोज ४, २०८३
0

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित टाइमलेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    519 shares
    Share 208 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    302 shares
    Share 121 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.