इटहरी : सुनसरीबाट एक क्विन्टल गाँजासहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले सुनसरीबाट एक क्विन्टल बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको इनरूवा नगरपालिका–९ बबिया चोकबाट आइतबार (आज)एक क्विन्टल १६ केजी गाँजासहित धनकुटाको साँगुरीगढी गाउँपालिका–१ बूढी मोरङ बस्ने ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बूलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा गणबाट खटिएका सशस्त्र प्रहरी बलले धनकुटाबाट प्रदेश नम्बर १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारबाहीका लागि प्रहरीकहाँ पठाइएको जनाइएको छ ।













Discussion about this post