विराटनगर : विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा बुधबार (आज) सालनालसहितको नवजात शिशुलाई मृत फेला पारिएको छ ।
अस्पतालको प्रसूति वार्डको शौचालयभित्र शिशु मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार अवैध शारीरिक सम्पर्कबाट गर्भवती भएकी महिलाले शिशु (छोरा) जन्माएर अस्पतालको शौचालयमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शिशु कसले जन्माएर फालेको हो भन्ने हालसम्म यकिन भइनसकेको बस्नेतले बताए । यद्यपि, घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post