तरहरा : इटहरी २० मा रहेको तरहरा मोडेल एकेडेमीमा तरहरा रन विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ४० जना विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए । शुक्रबार भएको प्रतियोगितामा ८, ९ र १० कक्षाबाट एक समूह र कक्षा ६ र ७ बाट अर्को समूहले वक्तृत्वकला सहभागी जनाएका थिए ।
जसमध्ये कक्षा ८, ९ र १० बाट श्रमिका खड्का, आश्ना कार्की र अङ्कित कटुवाल क्रमशः प्रथम, द्धितीय र तृतीय भए । यसैगरी कक्षा ६ र ७ बाट जोन राई र अङ्कित खड्का प्रथम भए भने सदीक्षा श्रेष्ठ र जान्बी चौधरी क्रमशः द्धितीय र तृतीय भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राई प्रमुख अतिथि थिए । विजेता विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
तरहरामा प्रत्येक शनिबार रनिङ हुँदै आएको छ । जसमा बालबालिकाहरू पनि सहभागी भएका छन् । तरहरा रनले एक साताअघि ५२ औँ हप्ता मनाएको छ ।
खेलकुदसँगै स्वस्थ रहनुपर्छ भन्ने उदेश्यले तरहरा रन आयोजना गरिदैँ आएकाले सोही विषयमा प्रतियोगिता आयोजना गरिएको विद्यालयका अध्यक्ष श्रेष्ठले बताए ।
विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न रचनात्मक कार्यक्रमको आयोजना गर्दै आएको प्रधानाध्यापक घनश्याम रिमालले बताए ।
Discussion about this post