Thursday, August 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मोरङका प्रहरी निरीक्षक थापा सर्वोत्कृष्ट प्रहरी घोषित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८१
in विविध, समाचार
0
मोरङका प्रहरी निरीक्षक थापा सर्वोत्कृष्ट प्रहरी घोषित
95
SHARES
Share on FacebookShare on Twitter

मोरङ : इलाका प्रहरी कार्यालय रानी, मोरङका इन्सपेक्टर प्रकाश थापा कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी बनेका छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले उनलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेका हुन् । विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेका कारण उनलाई सर्वोत्कृष्ट घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी अस्पतालबाट साउन १७ गते भागेका बलात्कार मुद्दाका कैदी पक्राउ पर्नुमा इन्सपेक्टर थापाको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ । जिल्ला कारागार मोरङका कैदी २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद शौचालय जाने बहाना बनाएर उपचाररत अवस्थामै अस्पतालबाट फरार बनेका थिए ।

प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्दै सूचना संकलन र खोजतलास गरी उनलाई साउन २४ गते पक्राउ गरेको थियो । इन्सपेक्टर थापाको टोलीले नेपाल–भारत सीमा क्षेत्रनजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामाबाट उनलाई नियन्त्रणमा लिएको हो ।

साथै, थापा नेतृत्वको टोलीले साउन महिनामा लागुऔषधको ओसारपसार एवं कारोबारमा संलग्न २८ जनालाई पक्राउ गरेको छ । अवैध रूपमा भन्सार छली गरेर नेपाल ल्याइएका १४ लाख ९ हजार मूल्य बराबरको तस्करीका सामान १ महिनाको अवधिमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘दुर्व्यसनीविरुद्ध आमाहरु’ कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका–१६ स्थित क्यान सामुदायिक भवनमा ६ सय ५० जना लागुऔषध प्रयोगकर्ताहरुलाई लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिएर थापाले उत्कृष्ट कार्य गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

साउन महिनाभरिको उत्कृष्ट कार्यसम्पादनका आधारमा थापालाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।

Tags: #प्रहरीनेपाल प्रहरीप्रकाश थापासर्वोत्कृष्टसर्वोत्कृष्ट प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
विविध

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८३
0

इटहरी : सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–५ जनता...

विविध

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

by रासस
साउन २०, २०८३
0

झापा : झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

साउन २०, २०८३
सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

साउन २०, २०८३

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

साउन २०, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1111 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.