धरान : धरानमा एक किशोरीको खुकुरी प्रहार गरी हत्या गरिएको छ । धरान उपमहानगरपालिका वडा नं. ३ मा खुकुरी प्रहारबाट छोरीको हत्या भएको छ भने आमा घाइते भएकी छन् ।
३७ वर्षीया सृजना शाही (राई) र १४ वर्षीया युजिन शाहीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट युजिनको मृत्यु भएको छ । युजिन र सृजना आमाछोरी हुन् । गम्भीर घाइते भएकी उनको वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको धरान प्रहरीले जनाएको छ ।
सृजनाको भने सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनीहरूलाई स्थानीय ३३ वर्षीय बबिन बरालले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । बराल सृजनाको ज्वाइँ (बहिनीको श्रीमान) हुन् । बराललाई प्रहरीले पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post