इटहरी : इटहरीमा मंगलबार राधाकृष्ण रथयात्रा निकालिएको छ ।
श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट आज इटहरीमा रथयात्रा निकालिएको हो । यहाँ रहेको श्री राधाकृष्ण मन्दिरबाट नगर परिक्रमा गरी श्री कृष्ण प्रणामी मन्दिरसम्म रथयात्रा निकालिएको थियो ।
रथयात्रामा सयौँ भक्तजनहरूले उल्लासपूर्वक सहभागिता जनाएका छन् । इटहरीमा हरेक वर्ष रथयात्रा निकालिदैँ आएको छ ।
तस्बिरहरू : टाकुरा न्यूज ।
भिडियो
Discussion about this post