इटहरी : नेकपा माओबादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
एक महिनाअघि सरकारबाट बाहिरिएको माओबादीले आज (बिहीबार) समर्थन फिर्ता लिने तयारी गरेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । सरकारबाट बाहिरिएको लामो समयपछि माओवादीले समर्थन पनि फिर्ता लिन लागेको हो ।
कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ । केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि कार्की नेतृत्वको सरकारबाट माओवादी साउन ११ बाहिरिएको थियो ।
शुक्रबार प्रदेशसभा बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
‘माओबादी संसदीय दलको बैठकपछि सरकारको समर्थन फिर्ता लिन्छौं,’ आङ्बोले भने, ‘समर्थन फिर्ता लिएर माओवादी प्रतिपक्षमा बस्छ ।’














Discussion about this post