Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

विद्यालयमा दुई दिवसीय सिर्जना अभिमुखीकरण कार्यक्रम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८१
in कला साहित्य, समाचार
0
विद्यालयमा दुई दिवसीय सिर्जना अभिमुखीकरण कार्यक्रम
102
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नयाँ पुस्तामा दिनानुदिन सिर्जनशीलता खस्किँदो छ । साहित्य र सिर्जनाप्रति र पठनप्रतिको आकर्षण गिर्दो छ ।

भाषा र साहित्य जति बढी प्रयोग गरियो त्यति धेरै यो समृद्ध र परिष्कृत हुँदै जान्छ । यही तथ्यलाई मनन् गर्दै मिक्लाजुङ, मोरङमा मावि तहमा अध्ययनरत ४० बढी विद्यार्थीहरूको सहभागितामा दुई दिवसीय सिर्जना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष भाद्र १५ गते मनाइने पुस्तकालय दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रमको पहिलो दिन इटहरीकी स्रष्टा कवयित्री टीका आत्रेयले लयबद्ध छन्द कविता र झापाका स्रष्टा विवश बलिभद्र कोइरालाले गीत, गजल सम्बन्धमा सहजीकरण गरेका थिए ।

दोस्रो दिन गद्य कविता र आख्यान लेखन सम्बन्धी सहजीकरण झापाका स्रष्टा क्रमशः धनकुटे कान्छा र घनश्याम पथिकले गरेका थिए ।

दुई दिनको कार्यक्रम सहजीकरणका दौरान विद्यार्थीहरूले कार्यक्रमस्थलमै सुन्दर रचनाहरू सिर्जना गरि प्रस्तुत समेत गरेका थिए । विद्यार्थीहरूको सक्रियता र सिर्जना देखेर र सुनेर सहजकर्ता पनि दंग परेको र कार्यक्रमको उद्देश्य केही हदसम्म पूरा भएको स्रष्टा धनकुटे कान्छाले बताए ।

आयोजक दुवै संस्थाका तर्फबाट कम्तीमा द्वैमासिक वा त्रैमासिक रूपमा यस्तै प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने र विद्यार्थीहरूका सिर्जना प्रस्तुत गर्ने अवसर दिने साथै प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गर्ने कवि एवम् मिक्लाजुङ साहित्य समाजका अधयक्ष गगन योक्पाङ्देनले प्रतिवद्धता व्यक्त गरे ।

सहभागी विद्यार्थीमध्ये रिलायन्स अंग्रेजी माविका छात्र निरिश साशंकर र सरस्वती अंग्रेजी माविकी छात्रा वर्षा निरौलाले समग्र कार्यक्रममा आफूले सिकेका कुरा, अनुभव र अनुभूति सम्बन्धमा मन्तव्य प्रस्तुत गरे ।

साथै, सहभागी शिक्षकमध्ये देवकोटा माविका शिक्षक लोकराज रोसेराले देउडा भाका समेत सुनाउँदै कार्यक्रम फलदायी रहेको र विद्यार्थीसँगै आफूले पनि धेरै कुरा सिकेको कुरा अभिव्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरे ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र र मिक्लाजुङ साहित्य दर्पण पुस्तक समेतउपलब्ध गराइएको थियो ।

भाद्र १२ र १३ गते सञ्चालित दुई दिने सिर्जना कार्यशालाको अध्यक्षता लेखनाथ पुस्तकालय एवम् वाचनालयका अध्यक्ष गोविन्द बस्नेतले गरेका थिए भने कार्यक्रम सञ्चालन पुस्तकालयका सचिव पुष्प बरालले गरेका थिए ।

कार्यक्रम लेखनाथ पुस्तकालय तथा वाचनालय र मिक्लाजुङ साहित्य समाजको संयुक्त आयोजनामा पुस्तकालयको सभाहलमा सम्पन्न भएको थियो ।

Tags: गगन योक्पाङ्देनमिक्लाजुङविद्यालयसिर्जना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?
FEATURE BREAKING

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

by अभिमन्यु अभिजित
अशोज १, २०८३
0

इटहरी : यही भदौको २५ र २६ गते अर्थात् बिहीबार र शुक्रबार सुनसरीका विभिन्न स्थानबाट प्रहरीले फरक फरक मुद्दामा दोषी ठहर...

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय
समाचार

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

चतरा । बृहत्तर वराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र...

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३
म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३
इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

अशोज १, २०८३
कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.