टाकुरा न्युज
Sunday, June 22, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

विद्यालयमा दुई दिवसीय सिर्जना अभिमुखीकरण कार्यक्रम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : भदौ १५, २०८१
0
विद्यालयमा दुई दिवसीय सिर्जना अभिमुखीकरण कार्यक्रम
95
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नयाँ पुस्तामा दिनानुदिन सिर्जनशीलता खस्किँदो छ । साहित्य र सिर्जनाप्रति र पठनप्रतिको आकर्षण गिर्दो छ ।

भाषा र साहित्य जति बढी प्रयोग गरियो त्यति धेरै यो समृद्ध र परिष्कृत हुँदै जान्छ । यही तथ्यलाई मनन् गर्दै मिक्लाजुङ, मोरङमा मावि तहमा अध्ययनरत ४० बढी विद्यार्थीहरूको सहभागितामा दुई दिवसीय सिर्जना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष भाद्र १५ गते मनाइने पुस्तकालय दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रमको पहिलो दिन इटहरीकी स्रष्टा कवयित्री टीका आत्रेयले लयबद्ध छन्द कविता र झापाका स्रष्टा विवश बलिभद्र कोइरालाले गीत, गजल सम्बन्धमा सहजीकरण गरेका थिए ।

दोस्रो दिन गद्य कविता र आख्यान लेखन सम्बन्धी सहजीकरण झापाका स्रष्टा क्रमशः धनकुटे कान्छा र घनश्याम पथिकले गरेका थिए ।

दुई दिनको कार्यक्रम सहजीकरणका दौरान विद्यार्थीहरूले कार्यक्रमस्थलमै सुन्दर रचनाहरू सिर्जना गरि प्रस्तुत समेत गरेका थिए । विद्यार्थीहरूको सक्रियता र सिर्जना देखेर र सुनेर सहजकर्ता पनि दंग परेको र कार्यक्रमको उद्देश्य केही हदसम्म पूरा भएको स्रष्टा धनकुटे कान्छाले बताए ।

आयोजक दुवै संस्थाका तर्फबाट कम्तीमा द्वैमासिक वा त्रैमासिक रूपमा यस्तै प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने र विद्यार्थीहरूका सिर्जना प्रस्तुत गर्ने अवसर दिने साथै प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गर्ने कवि एवम् मिक्लाजुङ साहित्य समाजका अधयक्ष गगन योक्पाङ्देनले प्रतिवद्धता व्यक्त गरे ।

सहभागी विद्यार्थीमध्ये रिलायन्स अंग्रेजी माविका छात्र निरिश साशंकर र सरस्वती अंग्रेजी माविकी छात्रा वर्षा निरौलाले समग्र कार्यक्रममा आफूले सिकेका कुरा, अनुभव र अनुभूति सम्बन्धमा मन्तव्य प्रस्तुत गरे ।

साथै, सहभागी शिक्षकमध्ये देवकोटा माविका शिक्षक लोकराज रोसेराले देउडा भाका समेत सुनाउँदै कार्यक्रम फलदायी रहेको र विद्यार्थीसँगै आफूले पनि धेरै कुरा सिकेको कुरा अभिव्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरे ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र र मिक्लाजुङ साहित्य दर्पण पुस्तक समेतउपलब्ध गराइएको थियो ।

भाद्र १२ र १३ गते सञ्चालित दुई दिने सिर्जना कार्यशालाको अध्यक्षता लेखनाथ पुस्तकालय एवम् वाचनालयका अध्यक्ष गोविन्द बस्नेतले गरेका थिए भने कार्यक्रम सञ्चालन पुस्तकालयका सचिव पुष्प बरालले गरेका थिए ।

कार्यक्रम लेखनाथ पुस्तकालय तथा वाचनालय र मिक्लाजुङ साहित्य समाजको संयुक्त आयोजनामा पुस्तकालयको सभाहलमा सम्पन्न भएको थियो ।

Tags: गगन योक्पाङ्देनमिक्लाजुङविद्यालयसिर्जना

Related Posts

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’
FEATURE BREAKING

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ८, २०८२
0

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवादका कारण आइतबार बोलाइएको कार्यपालिका बैठक १५ मिनेटमै...

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन
समाचार

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ८, २०८२
0

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२
हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

प्रकाशित मिति : असार ८, २०८२
तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

प्रकाशित मिति : असार ८, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

इलाममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवक–युवतीको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

प्रकाशित मिति : असार ८, २०८२
उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

प्रकाशित मिति : असार ८, २०८२
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२
हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

प्रकाशित मिति : असार ८, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3902 shares
    Share 1561 Tweet 976
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    757 shares
    Share 303 Tweet 189
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana