पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका ५ लुदिनटारकी ५५ वर्षीय महिलाको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय लक्षिमा तामाङ रहेकी छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको शव जिल्ला अस्पताल ल्याएर सोमबार पोष्टमार्टमपछि आफन्तलाई बुझाइको प्रहरीले जनाएको छ ।
यसैबीच पाँचथरकै हिलिहाङ २ कावेली खोलामा एकजना पुरुषको बेवारिसे शव भेटिएको छ ।
सोमबार दिउँसो भेटिएका पुरुष अन्दाजी ५५ वर्षीय हुन् । उनको पहिचान नखुलेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post