धनकुटा : धनकुटाको सहिदभूमी गाँउपालिका ४ खोकु स्थितबाट लागूऔषध गाँजा बोकेको पिकअप गाडीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति प्रहरी चौकी आखिँसल्लाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को १ च ९२९० नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा उक्त पिकअपमा २५ वटा बोरामा २८७ केजी गाँजा बरामद गरेको थियो ।
लागूऔध गाँजा बरामद भएसँगै ओसारपोसारमा संलग्न पिकअप चालक सहिदभूमी ४ का २५ वर्षीय मेघराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post