इटहरी : ४२ दिने शिशुको हातबाट जुस पिएर केदार कार्कीले अनशन तोडेका छन् ।
विराटनगर ६ निवासी निर्मला शर्माका ४२ दिनका शिशुको हातबाट जुस पिएर कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका कार्कीले अनशन तोडेका हुन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी वार्तास्थलमा आएर वार्ता गरेपछि कार्कीले उठाएका माग पूरा गर्न सरकार सकारात्मक भएको थियो ।
पूर्व मुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए ।
वार्ताको नेतृत्व मुख्यमन्त्री हिक्मत कार्कीले गरेको र उठेका माग सम्वोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए ।
बुधबार नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा कार्कीले अनशन तोडेको बताइएको छ ।














Discussion about this post