टाकुरा न्युज
Monday, July 14, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : भदौ २७, २०८१
0
88
SHARES
Share on FacebookShare on Twitter

इलाम : इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।

यात्रु पाएसँगै आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए । उनका अनुसार काठमाडौँबाट इलामका लागि ६ जना यात्रु आएको र काठमाडौँका लागि आठ जना यात्रु लिएर गएको छ ।

इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ ।

अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ । बर्खा लाखेसँगै खराब मौसमका कारण साँढे तीन महिनादेखि नभएको उडान सुरुभएसँगै यात्रुलाई सहज भएको छ । दसैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै इलामदेखि काठमाडौँ उडान गर्नुपर्ने माग भएपछि उडान सुरु भएको छ ।

यहाँबाट बिचमा उडान नहुँदा यात्रुले झापाको भद्रपुर तथा अन्य विमानबाट यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । गत जेठ १३ गतेदेखि हुन नसकेको उडान सुरु भएको हो । इलामबाट हप्ताको दुई दिन अर्थात् आइतबार र बिहीबार उडान हुँदै आएको थियो ।

नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहीबार मात्र उडान हुने र अर्को विमान मर्मतबाट आएपछि साताका अन्य दिनसमेत उडान हुने जनाइएको छ ।

विमानस्थल सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्लासहित छिमेकी राष्ट्र भारतको सिक्किम, मिरिकलगायतका बासिन्दालाई काठमाडाैँलगायतको यात्रामा सहज हुने छ ।

शनिबार पनि बजार खुल्ने

यसैबिच अब शनिबार पनि बजार खुल्ने भएको छ । हप्ताको एक दिन अर्थात् शनिबार बन्द गरिँदै आएको इलाम बजारका पसल अब सातामा सातै दिन खुल्ने भएका हुन् । इलाम बजारसँगै देउमाई नगरपालिकाको मङ्गलबारे बजारका पसलसमेत अब शनिबार खुल्ने भएका हुन् ।

महान् चाडपर्व नजिकिएसँगै शनिबार बन्द गरिँदै आएका पसल खुल्ने भएका हुन् । इलाम उद्योग वाणिज्य सङ्घले दसैँ, तिहार, नेपाल संवत् र छठको अवसरमा भदौ २९ गतेदेखि सबै पसल खोल्न व्यवसायीमा सूचना जारी गरेको छ ।

दैनिक उपभोग्य वस्तु खरिदमा गाउँबाट आएका उपभोक्तालाई सहज होस् भनेर शनिबार पसल खोल्न व्यापारीलाई आग्रह गरिएको इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए ।

उनका अनुसार कात्तिक २३ सम्मका लागि शनिबार पनि सबै पसल खोल्न आग्रह गरिएको छ । पसलमा काम गर्ने कामदारलाई बिदा दिन र सातामा एक दिन भए पनि व्यापारीले पसल बाहेक बिदा मनाउन साथै अन्य काम गर्नका लागि हरेक शनिबार पसल बन्द गरिँदै आइएको छ ।

इलाम बजारसहित बिब्ल्याँटे, मङ्गलबारे, फिक्कल प्रमुख व्यापारिक केन्द्र मानिन्छन् । जिल्लामा सातै दिन विभिन्न स्थानमा हटियासमेत लाग्ने गरेको छ ।

Tags: आन्तरिक उडानइलामउडानविमानस्थलहवाई उडान

Related Posts

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या
FEATURE BREAKING

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ३०, २०८२
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चौकमा सोमबार बिहान २ः३० बजेतिर सालीमाथि गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको छ। मृत्यु...

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार
विविध

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २९, २०८२
0

बेलबारी : मोरङकाे बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न...

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

प्रकाशित मिति : असार २९, २०८२
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

मोरङमा खेतमा पानी लगाउन जाँदा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
भारतबाट अवैध माछा आयात हुँदा व्यवसायी संकटमा, चार हजार टन माछा थन्कियो

भारतबाट अवैध माछा आयात हुँदा व्यवसायी संकटमा, चार हजार टन माछा थन्कियो

प्रकाशित मिति : असार २९, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

प्रकाशित मिति : असार ३०, २०८२
खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

प्रकाशित मिति : असार २९, २०८२
झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

प्रकाशित मिति : असार २९, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1081 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    772 shares
    Share 309 Tweet 193
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    769 shares
    Share 308 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    750 shares
    Share 300 Tweet 188
  • सुनसरीमा धार्मिक विद्वेष फैलाउने भिडियो टिकटकमा पोष्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

    703 shares
    Share 281 Tweet 176
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana