विराटनगर : विराटनगर विद्यालय नाटक महोत्सवको छैठौं दिन बिहीबार ‘एक पटक बोलेको एक रुपियाँ’ मञ्चन भएको छ ।
हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले नाटक मञ्चन गरेको हो । कक्षा ७ को नेपाली विषयको पाठ्यपुस्तकमा समावेश लोककथालाई शिक्षिका रेणुका बजगाईं घिमिरेले निर्देशन गरेकी हुन् ।
गरिबीसँग जुधिरहेका एक जोडी हर्कमान र गोरीको यात्राका क्रममा आउने अप्रत्याशित मोडलाई नाटकमा प्रस्तुत गरिएको थियो ।
नाटकमा आकांक्षा मिश्र, दिया कामत, हरिश भुजेल, रुविना यादव, अनिशा राई लगायतले अभिनय गरेका थिए ।
आरोहण गुरुकुल विराटनगरको आयोजनामा शनिबारदेखि सुरु भएको महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट नौ वटा विद्यालयहरूले दैनिक एउटा नाटक मञ्चन गर्दैछन् ।
शुक्रबार नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, शनिबार मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुललेस्मार्ट बन्द, आइतबानर सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गर्नेछ ।
महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।














Discussion about this post