Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बाल दिवसका अवसरमा ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८१
in विविध, समाचार
0
बाल दिवसका अवसरमा ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना
71
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : ६० औं बाल दिवसका अवसरमा विराटनगर महानगरपालिकासँगको सहकार्यमा नगर बालक्लब सञ्जालले ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना गरेको छ ।

महानगरको हलमा आयोजित कार्यक्रममा बालबालिकाहरूले विभिन्न समस्या राखेका थिए ।

सत्यनारायण माविकी छात्रा प्रीति यादवले विद्यालयमा बस नभएको, शिक्षक नियमित नआउने, शिक्षकहरूबीच एकता नभएको विषय उठाइन् भने पोखरिया माविकी छात्रा कृतिका नेपालले सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा खर्च एकदमै कम भएको जनाइन् ।

यसैगरी विद्यालय छेउछाउ भोला, गुट्का खुलेआम बिक्री भइरहेको, बाल क्लब सञ्जालका कोषाध्यक्ष रितेश विश्वकर्माले स्कुल बसले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेको, सत्यनारायणकै दिप्ती पोखरेलले निजी विद्यालय व्यापारीकरण भइरहेको, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेजस्ता विषय उठाएकी थिइन् ।

बालक्लब सञ्जालकी दीक्षा आचार्यले विद्यालय छेउछाउ बिक्री भइरहेको चुरोट, गुट्का, भोलालगायतमा कडाइ गर्नुपर्ने, अनिषा भट्टराईले सामुदायिक कुकुरले दुःख दिएको, छाडा पशुलाई नियन्त्रणमा लिनुपर्ने, आदर्श माविका सुगम आचार्यले शिक्षा निःशुल्क भनिए पनि चर्को शुल्क उठाइरहेकाले नियन्त्रण गरिनुपर्ने धारणा राखेका थिए ।

सत्यनारायणकै शिवानी राउतले ट्राफिक नियम लागू गराउनुपर्नेमा जोड दिए ।

नगर बालक्लब सञ्जालका अध्यक्ष अमित मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीलगायतले बालबालिकाले उठाएका विषय सम्बोधन गरे ।

वडाध्यक्षहरू तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, श्याम घिमिरेलगायतको उपस्थितिमा भएको कार्यक्रममा मेयर कोइरालाले बालबालिकाले उठाएका विषय सम्बोधन गर्न महानगरपालिका तयार रहेको बताए । उनले बालबालिकाले अत्यन्तै सान्र्दभिकता विषय उठाएको भन्दै प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने प्रस्ट पारे ।

उपमेयर शिल्पा निराला कार्कीले शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिइन् । उनले विद्यालयको भौतिक संरचना विकाससँगै शिक्षाको गुणस्तर वृद्धिमा महानगर गम्भीर रहेको सुनाए ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले दिवा खाजामा नेपाल सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरका तर्फबाट ५ रुपैयाँ थप गरिदिएको बताए । ५ रुपैयाँ थप्दा महानगरलाई १ करोड २५ लाख भार थपिएकोसमेत उनले बताए ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले विद्यार्थीले उठाएका विषय सम्भव भएसम्म सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाए ।

Tags: #विराटनगरबाल दिवसविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    995 shares
    Share 398 Tweet 249
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.