मोरङ : मोरङको मिक्लाजुङमा स्कुटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार किसान चोकबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४०६४ नम्बरको स्कुटर मिक्लाजुङ गाउँपालिका–६ सुन्दरी चोकस्थित जंगलमा बिहीबार दिउँसो ४ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर स्कुटर चालक झापाको मेचीनगर नगरपालिका–१ का अन्दाजी ५५ वर्षीय कृष्ण थुलुङको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
दुर्घटनामा स्कुटरको पछाडि सवार मिक्लाजुङ गाउँपालिका–६ का अन्दाजी ५० वर्षीय रमेश राई गम्भीर घाइते भएका छन् ।
राईको उपचार जारी रहेको प्रहरीले जनाएको छ । स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post