विराटनगर : विराटनगर विद्यालय नाटक महोत्सवको आँठौं दिन शनिबार ‘स्मार्ट बन्द’ मञ्चन भएको छ ।
हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुल बेलबारीले नाटक मञ्चन गरेको हो ।
विकास बुढाथोकीद्धारा लिखित तथा निर्देशित उक्त नाटकले अत्याधिक स्मार्टफोन प्रयोगसँग सम्बन्धित समस्याहरुलाई उजागर गरेको थियो ।
नाटकले दर्शकहरुलाई आफ्नो डिजिटल बानीहरुको लागि स्मार्ट र सन्तुलित दृष्टिकोण अपनाउनुपर्छ भन्ने सन्देश दिएको थियो ।
नाटकमा खुशी गुरुङ, समिता राई, युना राई, बिजेता गुरुङ, पुकार बस्नेत, श्रद्धा पोखरेल लगायतले अभिनय गरेका थिए ।
आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ गतेदेखि सुरु भएको महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरूले दैनिक एउटा नाटक मञ्चन गर्दैछन् ।
आइतबार सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम सोमबार श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको’ बाख्रो मञ्चन गर्नेछ ।
महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।
Discussion about this post