झापा : झापामा एक कैदी अस्पतालबाटै भागेका छन् ।
जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका २४ वर्षीय जीवन साह भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आइतबार बिहान भागेका हुन् ।
यसअघि हत्कडी फुकालेर भागेका इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा चार दिनपछि फेला परेका थिए ।
छातीमा समस्या उपचाररत उनी बिहान करिव ३ः४० बजे अस्पतालको शौचालयबाट भागेका थिए । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।
फरार भएको प्रहरीको भद्रपुर नगरपालिका–५ घर भएका साहलाई उपचारका लागि भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।
Discussion about this post