इटहरी : मोरङ र सुनसरी जिल्लाको दुई छुट्टाछुटै स्थानहरूबाट प्रतिबन्धित लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले रामधुनी नगरपालिका ३ पिप्राहा स्थितबाट इटहरी उपमहानगरपालिका १७ लविपुरका २६ वर्षीय सायक राईलाई प्रतिबन्धित लागूऔषध ट्रामाड्रोल ६० क्याप्सुल, स्पास्मो ५० क्याप्सुल र स्पासपेन २१० क्याप्सुलसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ मटेरुवास्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत जोगबनीका २४ वर्षीय बिक्की राय, १९ वर्षीय देउ राउत र विराटनगर १ का २६ वर्षीय विधान अधिकारीलाई दुई ग्राम एक मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Discussion about this post