इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेसनबाट आइतबार (आज) प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।
निगमद्धारा जारी विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल र मट्टितेलमा ५-५ रुपैयाँले मूल्य घटेको हो।
Discussion about this post