Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा २४ वर्षीया युवतीको शंकास्पद मृत्यु, प्रहरीले अनुसन्धान नगरेको पीडितको आरोप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८१
in समाचार
0
इटहरीमा २४ वर्षीया युवतीको शंकास्पद मृत्यु, प्रहरीले अनुसन्धान नगरेको पीडितको आरोप
212
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा एक युवतीको शंकास्पद मृत्यु भएको घटना बाहिरिएको छ । इटहरीको खनार घर भएकी २४ वर्षीया मेनुका दाहालको गत शुक्रबार शंकास्पद मृत्यु भएको हो ।

उनी झुण्डिएको अवस्थामा शव फेला परेपनि माइती पक्षले भने हत्या भएको हुनसक्ने शंका गरेको छ । अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने जाहेरी लिन मानेको छैन ।

६ वर्षअघि खनारका ईश्वर बरालसित मागी विवाह गरेर झापाबाट आएकी मेनुका घरपरिवारबाट प्रताडित बन्दै आएको माइती पक्षको दाबी छ । मेनुकाका ५ र ३ वर्षका दुईवटी छोरी छन् ।

माइती पक्षकाअनुसार गत महिना तीजमा मेनुका माइती पुगेकी थिइन् । मेनुका घर फर्किएपछि श्रीमान–श्रीमतीबीच सम्बन्धमा मनमुटाव सुरु हुन्छ ।

मेनुकाले पटकपटक माइती र दिदीबहिनीलाई ईश्वरले दिएको यातना सुनाउँछिन् । माइतीले ईश्वरलाई सम्झाउने कोसिस गर्छन् । ईश्वरले सीधै ‘ठूलो कुरा गरेकाले पड्काइदिएको’ बताउँछन् । मानसिक तथा शारीरिक यातनाले आजित मेनुका दमकस्थित दिदीलाई भेटेर यावत् कुरा सुनाउँछिन् ।

माइतीले भेटेरै कुरा गर्ने बताएपछि ईश्वर झस्किन्छन् र मेनुकालाई फकाएर बोलाउँछन् । शुक्रबार साँझ मेनुका घर आएपछि पुनः मेनुकालाई यातना दिएको कुरा माइतीले थाहा पाएको बताइन्छ ।

मेनुकाकी जेठी छोरीले बाबाले आमालाई गरेको दुर्व्यवहार बुझ्ने र सुनाउन सक्ने छिन्, सुनाइन् ।

शुक्रबार राति १२ बजे मेनुकाका घरबाट माइतमा फोन जान्छ– ‘तिमीहरूकी छोरीले बुद्धि बिगारेर मरी, आओ, मिलापत्र गरौँ ।’

झापाबाट इटहरीसम्म बिहानै माइती पक्ष आइपुगेर घटनाबारे जवाफ माग्दा ईश्वर मन नलागीनलागी झुन्डिएर मरेकी बताउँछन् । माइती पक्षसँग छोरीहरूलाई भने भेट गर्न नदिएको बताइन्छ ।

‘मेनुका र ईश्वरबीच सामान्य खटपट भएको थियो । मेनुकाले अचानक भाउजू (जेठानी) भएको कोठामा बाहिरबाट चुकुल लगाएर बरन्डामै पासो लगाएर झुन्डिन्छिन् । बन्द कोठाबाट कसरी निस्किएको बारे नभनी हतारमा देवर–भाउजू मिलेर डोरी काटेर कोशी अस्पताल विराटनगर पु¥याएको हौँ । अलिअलि धुकधुकी थियो, पुग्नासाथ मरी । अनि हामीले सबैलाई खबर गर्यौँ ।’ ईश्वरका परिवारले माइती पक्षलाई यसरी घटनाको विस्तृत जानकारी दिन्छन् ।

घटनामा माइती पक्ष र वस्तुस्थिति बुझ्दा नाटकीय ढङ्गबट हत्या गरिएको माइती पक्षको आरोप छ ।

‘घटनाबारे झन्डै १२ घन्टापछि मात्रै प्रहरीलाई जानकारी गराइएको र छरछिमेकीहरूलाई पनि थाहा नदिई घटना सामसुम पार्ने गरिएको पाइएपछि घटना शंकास्पद छ,’ माइती पक्ष भन्छन् ।

आधारातमै माइतीलाई फोन गरेर ‘मिल्नुपर्छ’ भन्नु पनि शङ्काको गहिरो आधार रहेको उनीहरूको दाबी छ ।

शुक्रबारको घटनामा मङ्गलबारसम्म पनि मुद्दा दर्ता नभएकाले शंकाको आधार रहेको मृतकका भाइ घनश्याम दाहालले बताए । हत्या भएको दाबी गर्दै उनले यसलाई दबाउन खोजिएकोसमेत बताए ।

‘माइती पक्षसित कुनै प्रकारको सहमति नलिई प्रहरीले परिवारलाई शव बुझाएर दाहसंस्कार गर्न दिनु पनि शंकाको आधार हो,’ उनले भने, ‘प्रमाण मेट्न यहाँ पनि पर्याप्त भूमिका खेलेको जस्तो भान हुन्छ ।’

घटनास्थलमा गरिने प्रारम्भिक अनुसन्धानदेखि आरोपी श्रीमान्, भाउजू (जेठानी)लगायत संलग्नलाई पक्राउ गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए ।

मङ्गलबार आफन्तले महिला सञ्जाल इटहरीलाई न्यायिक अपीलका लागि निवेदन दिएपछि पत्रकार, महिला अधिकारकर्मी र आफन्तको टोली इलाका प्रहरी कार्यालय इटहरी पुगेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले पोस्टमार्टमको रिपोर्ट नआएकाले घटनाबारे खुल्न नसकेको बताए । उनले ‘आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी’ दिए तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउने प्रतिक्रिया दिए ।

Tags: आरोपमृत्युशंकास्पद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    793 shares
    Share 317 Tweet 198
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.