इटहरी : नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को पाचौँ स्थापना दिवसको अवसर पारेर कविता प्रतियोगिताको आयोजना हुने भएको छ ।
आगामी असोज १६ गते हुने प्रतियोगिताका लागि असोज ८ गतेसम्म कविता पठाउनका लागि आह्वान गरिएको छ ।
निस्टाका अध्यक्ष भोलानाथ चालिसेका अनुसार प्रतियोगितामा सहभागीमध्येबाट छनौट गरी वाचनमा सहभागी गराइनेछ । जसमध्ये प्रथम, द्धितीय, तृतीय र शान्तवना हुनेले क्रमशः नगद ५० हजार, ३५ हजार, २५ हजार र १५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
शिक्षक, प्राध्यापक एवम् आम श्रमिकहरूको कर्तव्य र अधिकार, श्रम चेतना, श्रम सम्बन्ध, ट्रेड युनियन आन्दोलनको अभ्यास, ट्रेड युनियन संस्कृतिजस्ता विषय क्षेत्रभित्र रहेर रचना गरिएका कवितालाई प्राथमिकता दिइने चालिसेले बताए ।
प्रतियोगिता अवधिभरसम्म कतै प्रकाशन नभएका कवितालाई मान्यता दिइने, गद्य, पद्य वा गजल शैलीमा रहेका कवितालाई पनि मान्यता दिइने आयोजकले जनाएको छ ।
कविता पठाउनका निम्ति nista2077@gmail.com मा इमेल गर्नुपर्ने बताइएको छ ।
यसैगरी प्रतियोगिताबारे थप केही जानकारी लिनुपरेमा कोशी प्रदेशमा किरण कोइराला, मधेस प्रदेशमा महादेव कुश्वाहा, बागमतीमा देवकान्त काफ्ले, गण्डकीमा उदय नेपाली, लुम्बिनीमा, विष्णुप्रसाद भण्डारी, कर्णालीमा यामराज गिरी र सुदूरपश्चिममा डा. योगेन्द्र बजगाईँलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
विश्व साहित्यको पृष्ठभूमिमा नेपाली साहित्यमा श्रम चेतना र बदलिदोँ श्रम सम्बन्धको प्रतिबिम्ब विषयक साहित्यिक गोष्ठीसमेत सोही दिन समापन हुने आयोजक संस्थाका महासचिव सुदीप बर्तौलाले जानकारी दिए ।
Discussion about this post