इलाम : इलाममा पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको रोङ गाउँपालिका–१ लक्ष्मीपुर सिरिसेस्थित भित्री सडकखण्डमा मे १ च ५९९९ नम्बरको पिकअपले ठक्कर दिँदा ६४ वर्षीया भीममाया राईको मृत्यु भएको हो ।
सिरिसेबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको पिकअपले घाँसको भारी बोकेर आउँदै गरेकी भीममायालाई शुक्रबार साँझ ६ः१० बजेतिर ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा साँझ ७ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले पिकअप र चालक सूर्योदय नगरपालिका–४ का २४ वर्षीय रोशन राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post