मोरङ : मोरङको सुनवर्सी नगरपालिका ५ स्थितमा भन्सार छलेर अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेका सामानहरू प्रहरीले बरामद गरेको छ ।
बुधबार इलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को २ त ६४४२ नम्बरको ट्रयाक्टरमा भन्सार छली ल्याउँदै गरेको ३४० थान मार्वल र ६४० किलोग्राम सनपाट बरामद गरेको हो ।
अवैध सामान बरामद भएसँगै उक्त सामान र ट्याक्टरसहित चालक रंगेली ६ का रामनारायण सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सोही कार्यालयबाट खटिएको गस्ती टोलीले धनपालथान गाउँपालिका ३ बेतौना स्थितमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको करिब एक लाख ७५ हजार ६ सय रुपैयाँ बराबरको विभिन्न किसिमका कस्मेटिक सामानहरू बरामद गरेको छ ।
बरामद गरिएका उक्त सामग्रीहरूलाई आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Discussion about this post