इटहरी : कोशी प्रदेश योजना आयोगको सदस्यमा दुईजनालाई नियुक्त गरिएको छ ।
प्रदेश सरकारले सुनसरीका नारायण कोइराला र मोरङकी प्रमिलाकुमारी गच्छदारलाई योजना आयोग सदस्यमा बिहीबार नियुक्त गरेको हो ।
प्रदेश मन्त्रिपरिषद् बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का कोइराला र विराटनगर महानगरपालिका–४ की गच्छदारलाई सदस्य नियुक्त गरेको हो ।
उनीहरू नेपाली कांग्रेस निकट हुन् ।
नेकपा (माओवादी केन्द्र) बाट आयोगको सदस्य रहेका सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले बधुबार पदबाट राजीनामा दिएका थिए ।
उनीहरूले राजीनामा दिएसँगै कोइराला र गच्छदारलाई नियुक्त गरिएको हो ।
Discussion about this post