पाँचथर : तमोर नदीमा दुईजनाको शव फेला परेको छ । तमोर अन्तर्गत धनकुटाको मुलघाट पश्चिम फलामेटारमा दुई जनाको शव भेटिएको हो ।
दुवै शव महिलाको भएको स्थानीयले बताएका छन् । एउटा शव धनकुटा र एउटा शव तेह्रथुम जिल्लातर्फ भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।
पहिचान हुन नसकेका ती शव पाँचथरको फिदिम नगरपालिका १ स्थित फेमेखोलाबाट बगेको हुन सक्ने प्रहरीको अनुमान छ ।
















Discussion about this post