Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

सङ्गीतप्रति भक्तको मोह…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८१
in कला साहित्य, समाचार
0
सङ्गीतप्रति भक्तको मोह…
123
SHARES
Share on FacebookShare on Twitter

नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त भौगोलिक विविधताले भरिपूर्ण र प्रकृतिले सिंगारिएको देश हो ।

नेपालको पूर्वी जिल्ला खोटाङ पनि यस्तै सुन्दर छ । जसलाई सजाउन अरु कुराको आवश्यकता पर्दैन । त्यहीँ रहेका सम्पत्तिलाई समयमा चिन्न सके मात्र पुग्छ ।

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका एउटा अकबरी सुन हो भन्दा फरक नपर्ला । वडा नं. ११ खार्मीस्थित सामान्य परिवारमा भक्त विकको जन्म भयो ।

उनी करिब ८/९ वर्षको उमेर हुँदा हुन्, ज्वरो आयो । टाउकोमा खटिरा फैलिएपछि उनी नजिकैको स्वास्थ्य संस्थामा उपचार गर्न गए ।

समयमा खटिराको सही उपचार हुन नसकेपछि उनले दुवै आँखाको ज्योति गुमाउनुप¥यो । भर्खर विद्यालय जान थालेका उनी सानै उमेरमा आँखाको ज्योति गुमाउँदा विक्षिप्त बने । परिवारले शिक्षाको महत्व बुझेपछि उनको पढाइलाई निरन्तरता दिन हरप्रयास गरे ।

ज्योति गुमेपछि घर नजिकको विद्यालयमा अध्ययनलाई निरन्तरता दिन नसकेपछि उनी सदरमुकाम दिक्तेल प्रवेश गरेको सुनाउँछन् ।

उनको पढाइ श्री पञ्च मावि दिक्तेल स्रोत कक्षाबाट पुनः सुरु भयो । पढाइमा उनी निकै तेजिला थिए । कक्षामा शिक्षकहरूले सुनाएका कुराहरू एकपटक सुनेपछि हत्तपत्त बिर्सिदैँनथे ।

घरमा बुबाले चाडपर्वमा सांगीतिक माहोल बनाउने गर्दा भक्तले सानै उमेरदेखि नै संगीतका मुग्ध बन्न थाले । विद्यालयमा हुने गरेका सांगीतिक कार्यक्रममा उनी गीत गाउन थाले । विस्तारै उनीमा सांगीतिक रूचि थप बढ्दो थियो । उनको संगीतप्रतिको लगाव देखेर गुरुहरूले पनि दिक्तेलमै संगीत सिक्ने वातावरण मिलाएको उनी सुनाउँछन् ।

उनको संगीतमा सफलता देखेर शिक्षकहरूले रकम संकलन गरेर काठमाडौं पठाएपछि उनको सांगीतिक क्षेत्र अझ फराकिलो बनाउन सहयोग गरेको भक्तले स्मरण गरे ।

‘संगीत र पढाइ उनले सँगसँगै अगाडि बढाएको थिएँ,’ उनी भन्छन्, ‘२०६९ सालमा एसएलसी पास गरेपछि ०७२ सालमा कक्षा १२ मा टप भएँ । म संगीतमा सानैदेखि रूचि राख्थेँ ।’

संगीत र पढाईमा उनलाई दृष्टिले छेकेन । असल साथीहरूको संगतले सफलतामा अपाङ्गताले कहिल्यै नछेक्ने बताउँछन् उनी ।

सानै उमेरमा उनले प्रेम विवाह गरेका थिए । अहिले एक छोरी र छोरा छन् । छोरी उनकै साथमा रहेर संगीत सिक्दैछिन् । छोरामा बौद्धिक अपाङ्गता भएका कारण आमासँग काठमाण्डौँ बस्दै आएका छन् ।

एउटै परिवारमा आफू र श्रीमती पनि दृष्टि सम्बन्धी समस्या र छोरा पनि अपाङ्गता भएतापनि उनी जीवनबाट निराश छैनन् ।

साइनो कला केन्द्रका अध्यक्ष रहेका उनी आर्थिक अवस्था कमजोर भएको कारण वञ्चित संगीतलाई माया गर्ने व्यक्तिहरू यसबाट टाढिनु नपर्नेगरी निःशुल्क संगीतसमेत सिकाइरहेका छन् ।

उनका विद्यार्थीहरू कतिले संगीतमा आफूलाई राम्रोसँग स्थापित पनि गरिसकेका छन् । ‘साइनो कला केन्द्र एउटा स्वर्गको आभास दिलाउने ठाउँ पनि हो भन्न सकिन्छ,’ उनी भन्छन्, ‘यहाँ स–साना नानी बाबुदेखि ठूला व्यक्तित्वहरू पनि आउनुहुन्छ ।’

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको नजरमा पनि भक्त सफल हुन् । भक्तको संगीतप्रतिको लगाव र सम्मान देखेर यसअघि करुणा फाउन्डेसन नेपालमार्फत संगीतका सामाग्रीसमेत वितरण गरिएको थियो ।

दिक्तेल रूपाकोट माझुवागढी नगरपालिका र करुणा फाउन्डेसन नेपालको सहकार्यमा साइनो कला केन्द्रलाई आवश्यक संगीतका सामाग्रीहरू वितरण गरिएको मेयर भट्टराईले बताए ।

अहिले साइनो कला केन्द्रमा विद्यार्थीहरूका लागि सिक्न चाहिने गिटार, मादल, तबला, बाँसुरी जस्ता सामग्रीहरू रहेका छन् । पहिले भाडा तिर्न आफ्नो गोजीको रकम निकाल्न पथ्र्यो भने अहिले उठेको शुल्कले पुग्ने बताइन्छ ।

संगीत, शिक्षा, परिवार र जागिर अहिलेसम्म सँगै डोहो¥याएर हिँडिरहेका भक्त स्नातक तहको अध्ययन पूरा गरेसँगै उनले शिक्षक सेवा आयोग को प्रा वि तहमा खुल्ला तर्फबाट नाम निकालेर स्थायी शिक्षकका रूपमा काम गरिरहेका छन् ।

दिक्तेल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको दोश्रो सेमेस्टरको नियमित विद्यार्थी पनि हुन्, उनी । भक्त भन्छन्, ‘पाइला भन्दा अगाडि मन सार्नु पर्छ । प्रगतिको शिखर पुग्न अपाङ्गताले कहिल्यै नछेक्ने रहेछ ।’

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र करुणा फाउन्डेसन नेपाल धन्यवादको पात्र रहेको उनले सुनाए । हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख विमला राईले पनि साइनो कला केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

साइनो कला केन्द्रले कसैलाई विभिदे नगरी फूलको थुङ्गालाई जोडेर सुन्दर माला बनाएजस्तै सुन्दर बनाउन सकिने उनले बताएकी छन् ।

Tags: अनिता प्रकृतिभक्त विक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नारायण काइँलाेकाे गजल
कला साहित्य

नारायण काइँलाेकाे गजल

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

जस्तो यो शहरमा आउने जाने हजार हुन्छन् दिल भित्रको नगरका आउने जाने हजार हुन्छन्। को को आए वरदान माग्न के...

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार
समाचार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

by माधव पोख्रेल
अशोज १०, २०८३
0

उदयपुर : उदयपुरको कर्णाली भनेर चिनिएको कोशी किनारको गाउँपालिका लिम्चुङबुङले आफ्नो पालिकाका लागि शिक्षामा सीप पाठ्यक्रम मार्ग दर्शन ४—१२ र...

लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३
सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात (तस्बिरहरू)

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.