विराटनगर : झापा र मोरङबाट लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लावारी नगरपालिका-३ का २८ बर्षीय सनम धिमाललाई २ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
यता, वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ का २१ वर्षीय राहुल ठाकुरलाई १ ग्राम १ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका-९ का २२ वर्षीय नवीन राईलाई १००० चक्की नियन्त्रित औषधी ट्रमाडोल र स्पासपेनसहित नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post