धरान : करिब १६ लाख रुपैयाँ बराबरको अलैँची बरामद गरिएको छ ।
सशस्त्र प्रहरी कार्यालय सुनसरीका अनुसार धरानको शिवधारा चौकबाट सशस्त्र प्रहरी सुरक्षा वेश धरानको टोलीले मंगलबार राति एक हजार ६ सय किलो अलैँचीसहित मिनी ट्रक नियन्त्रणमा लिएको हो।
सशस्त्रको टोलीले भोजपुरबाट आएको मिनी ट्रकमा शंका लागेर चेकजाँच गर्ने क्रममा अलैँचीका लागि काटिएको बिल र अलैंची बोकेको सवारीसाधन नम्बर फरक रहेको जनाउँदै नियन्त्रणमा लिएको हो।
मोरङतर्फ लैजाँदै गरेको मिनी ट्रक नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले अलैंचीसहित मिनी ट्रक इटहरीस्थित राजश्व कार्यालयमा बुझाइएको छ ।












Discussion about this post