मोरङ : मोरङमा खोलाले बगाएर एकजना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा केराबारी गाउँपालिका ९ का ८६ वर्षीय गोविन्दप्रसाद बजगाईं रहेका छन् । उनको लोहन्द्रा खोलाले बगाएर मृत्यु भएको हो ।
खोलाले बगाएर मृत्यु भएको अवस्थामा बिहीबार बिहान ११ः३० बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post